श्रीमानलाई हदैसम्मको कार्यवाही गर्न माग गर्दै श्रीमति साकरुन
नेपालगन्ज, १९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा श्रीमानको कुटाईबाट घाईते भई उठबस गर्न नसक्ने साकरुन दर्जीले न्यायमा ढिलाई हुँदा अब न्याय पाउन गरिब मान्छेलाई कठिन भएको भनाई राख्छिन् ।
पीडित साकरुन दर्जी आफ्नो खुट्टा भाँचिएको देखाउँदै । तस्वीर : सत्यमखबर
पीडित साकरुनका अनुसार ‘मैले बिहान साँझको छाक टार्न, २ छोरा र १ छोरीको भविष्य उज्जवल बनाउन अरु कहाँ गएर भाडा माझेर भएपनि घर परिवार चलाउने गरेकी छु । तर मेरो श्रीमान् जबिउल्ला दर्जी बिना कारण मलाई कुटाई गर्दा खुट्टा भाँचिएको हुँदा कानूनी न्याय माग्दा समेत नपाउने’ बताउनुभयो । उनी भन्छिन्– ‘दुई हात जोडी मेरो बिन्ती छ श्रीमान् जबिउल्लालाई हदैसम्मको कार्यवाही होस्’ ।साकरुनको भनाई अनुसार भाद्र ४ गते दिउँसो १ बजेतिर मेरो श्रीमान् घरमा आई खाना माग्दा सानो कुरामा भनसुन भएको र मलाई कपालले समाती घर बाहिर ल्याई ईट्टाले प्रहार गरी घाईते...



