
नेपालगन्ज, २८ भाद्र –अपहरणको नाटक गरि झुट्टा अफवाह फैलाउने महिला पक्राउ परेकी छिन् ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ०४ मैनवा घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ०६ फुल्टेक्रा स्थित शान्ति चौधरीको घरमा भाडामा बस्ने बर्ष ३३ की आशिककुमारी चौधरी पक्राउ परेकी हुन् ।

उनले सानु दहितको नामबाट अर्कै केटीको फोटो राखी फेसबुक आईडी खोली नवलपरासी जिल्ला बस्ने एक जनालाई उक्त आईडीबाट फेसबुक साथी बनाई फोन सम्पर्क गर्ने गरेको खुलेको छ ।
भेट्ने कुरा गर्दा र भिडियोमा कुरा गर्न खोज्दा बिभिन्न बाहाना गरी पञ्छिने गर्दै आएकी चौधरीले भदौ २५ गते ती पुरुषलाई आफ्नो घर पोखरा पनि भएको भन्दै म नेपालगंजबाट आफ्नै गाडीमा हिडेको बताइकी थिइन् । तर बिच बाटो चन्द्रौटामा पुग्दा अपरिचित ब्यक्तिहरुले मलाई कोठामा लगी मेरो साथमा भएको सुन, मोवाईल, गाडीको चाबी लगी मलाई कोठामा राखेको भनि प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा चौधरी भदौ २७ गते फुल्टेक्रा स्थित आफ्नै डेरा कोठामा फेला परेपछि उनको कर्तुत नांगीएको हो । पोखरा जाँदै गरेको र बीच बाटोमा लुटिएको अपहरणमा परेको कुरा सबै काल्पनिक बनाई प्रहरीलाई फोन गरेको खुलेको छ ।
