नेपालगन्ज, ३१ भाद्र – २०५४ सालदेखि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । कर्तब्य ज्यान मुद्दाका फरार बाँकेको खजुरा गाउँपालिका वडा नं–८ रनियापुरका ३८ वर्षीय आजात खाँलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ ।
घट्नाको २३ वर्षपछि जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त प्रहरी टोलीले भाद्र २८ गते घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी गराउनुभयो । प्रहरी प्रमुख रानाका अनुसार सोही मुद्दाका एक जना अभियुक्त अझै फरार रहेका छन् ।
पक्राउ परेका २०५४ साल फागुन ७ गते सोही वडाका १९ वर्षीय नूर सलाम खाँलाई छातीमा गोली हानी र घाँटी रेटेर हत्या गरेका थिए । सोही मुद्दामा फरार अभियुक्त २०७२ अजोज १७ गते बाँके जिल्ला अदालतले २० वर्षको सजाय सुनाएको थियो ।