Monday, November 3सत्यम खबर
Shadow

अपराध

‘जिहादी’ आक्रमणविरुद्ध प्रदर्शन : नेताहरूको रिहाइ र निष्पक्ष छानबिनको माग

‘जिहादी’ आक्रमणविरुद्ध प्रदर्शन : नेताहरूको रिहाइ र निष्पक्ष छानबिनको माग

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, १८ भदौ — काठमाडौंको माईतिघर मण्डलामा मंगलबार राष्ट्रिय एकता अभियानले गरेको प्रदर्शनले धनुषामा भएको ‘जिहादी’ आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन र पक्राउ परेका आफ्ना दुई नेता मनिष हिन्दु र जितेन्द्र दासको तत्काल रिहाइको माग गर्‍यो। उपत्यकाका विभिन्न भागबाट आएका सहभागीहरूले प्लेकार्डसहितको जुलुसमा भाग लिए। उनीहरूले प्रहरी प्रशासनले वास्तविक दोषीलाई कारबाही नगरी नेताहरूमाथि झूटो मुद्दा लगाएको दाबी गर्दै नाराबाजी गरे। प्रदर्शनकारीहरूले घटनालाई धार्मिक समुदायमाथि लक्षित आक्रमणका रूपमा व्याख्या गर्दै राज्यको मौनतालाई अस्वीकार्य भने। वक्ताहरूले घटनाप्रति सरकारले देखाएको उदासीनतालाई आलोचना गरे। उनीहरूले वास्तविक दोषीलाई कारबाही नगरी नेताहरूलाई पक्राउ गर्नु न्यायको आधारभूत मान्यताविपरीत भएको बताए। अभियान एक नेताले भने, “रुपैठामा भएको आक्रमणका दोषीलाई कारबाही न...
इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, कपिलवस्तु, ९ भदाै - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो । कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थप अनुसंधान कार्य भइ रहेको छ। पक्राउ प...
बिसमिल्लाह होटल सञ्चालक फरार

बिसमिल्लाह होटल सञ्चालक फरार

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भदौं – नेपालगन्ज उपमहानगरपालिका वडा नं.–११ स्थित बिस्मिल्लाह होटलका सञ्चालक मोहम्मद उमर साईलाई बिरयानी, कवाब, शोर्मा लगायतमा अखाद्य कोलटार रङ्ग प्रयोग र फोहोर ठाउँमा मासु भण्डारण गरेको आरोपमा जिल्ला अदालत बाँकेले ६ महिनाको कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाएको छ । मोहम्मद उमर साईको बिसमिल्लाह होटल मात्र नभई उनकै नामबाट आयुर्वेद न्यू रिल्याक्स स्पा समेत दर्ता रहेको छ । हाल मोहम्मर उमर साई नेपालगन्ज मै रहेपनि प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् भन्ने स्रोतले दिएको जानकारी अनुसार विभिन्न फर्महरु साई कै नाममा दर्ता भएपनि उनले आफ्नो कर्मचारीमार्फत काम गर्दै आएको बताए । बिसमिल्लाह होटलमा तयार गरिएको खाद्यन्न परिकारहरुले प्रत्येक्ष रुपमा मानव जीवनमा हनिकार रहेको खाद्यन्न तथा गुणस्तर विभागले जनाएको छ । विभागले दिएको जानकारी अनुसार बिस्मिल्लाह होटलद्वारा तयार ...
गौर हत्या काण्डः सर्वोच्चको आदेश र राजनीतिक बहस

गौर हत्या काण्डः सर्वोच्चको आदेश र राजनीतिक बहस

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ भदौं – सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटको गौरस्थित राईसमिलमा घटेको चर्चित गौर हत्या काण्डमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाउन आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले पीडित पक्षको रिटमा सुनुवाइ गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा कार्यवाही गर्न निर्देशन दिएको हो । आम जनता पार्टीका अध्यक्ष तथा घटनाका प्रत्यक्ष पीडित पक्षका अभियन्ता त्रिभुवन साहले दायर गरेको रिटमा सर्वोच्चले मुद्दा अघि बढाउने आदेश दिएसँगै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि प्रत्यक्ष कानुनी कारबाहीको दायरामा आउने भएका छन् । २०६३ चैत ७ गते भएको सो घटनामा २८ जना माओवादी कार्यकर्ताको निर्मम हत्या गरिएको थियो । त्यतिबेला मधेश आन्दोलनको नेतृत्व गरिरहेका मधेशी जनअधिकार फोरमका...
पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति

पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाडौं, ३१ श्रावण – आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारमाथि अपशब्द प्रयोग, गालीगलौज, अभद्र व्यवहार र प्रत्यक्ष ज्यान मार्ने धम्की जस्तो गम्भीर कार्य कुनै पनि दृष्टिले स्वीकार्य नभएको स्पष्ट पारेका छन् । प्राप्त विवरणअनुसार पत्रकार बानियाले आफ्नो पेशागत दायित्वअनुसार आर्थिकन्युज डटकममार्फत साउन २९ गते ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौं कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए । समाचारमा ...
नेपालका मुल संकटहरु – भ्रष्टाचार, बेरोजगारी, अस्थिरता, सेवामा कमजोरी, र शिक्षामा गिरावट – सबैको मूल जड नै नैतिकताको अभाव

नेपालका मुल संकटहरु – भ्रष्टाचार, बेरोजगारी, अस्थिरता, सेवामा कमजोरी, र शिक्षामा गिरावट – सबैको मूल जड नै नैतिकताको अभाव

अपराध, आस्था, प्रदेश २, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
प्रेमचन्द्र झा मिति २०८२ श्रावण २९ गते, विहिबार नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा गर्नु नै नैतिकता हो। यो कुनै किताबमा मात्र लेखिएको कुरा होइन, हाम्रो जीवनको हरेक पाटोमा लागू हुने व्यवहार हो। हामी कुन कुरालाई राम्रो र कुन कुरालाई नराम्रो मान्छौं भन्ने कुरा पनि नैतिकताको आधारमा तय हुन्छ। नेपाल जस्तो विविधताले भरिएको देशमा, जहाँ विभिन्न जात, धर्म, भाषा र संस्कृतिका मानिसहरू एउटै समाजमा बस्छन्, त्यहाँ नैतिकता झनै महत्वपूर्ण हुन्छ। जब व्यक्ति, परिवार, समाज, संस्था, र राज्य सबैमा नैतिकता हुन्छ, तब मात्र एउटा सभ्य, समृद्ध र न्याययुक्त देश बन्न सक्छ। तर अहिलेको समयमा नेपालमा नैतिकताको स्थिति कमजोर हुँदै गएको छ। मानिसहरू पैसा, पद, पहुँच र व्यक्तिगत फाइदाको पछि लागेर नैतिक मूल्य भुल्दै गएका छन्। राजनीत...
कर्णाली बैंक घोटाला प्रकरण : ‘छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

कर्णाली बैंक घोटाला प्रकरण : ‘छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ श्रावण – नेपालगन्ज स्थित प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम हिनामिना प्रकरणमा आफुमाथि मुद्दा चलाइएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रले असन्तुष्टि व्यक्त गरेका छन् । बैंकमा हिनामिना भएको आंशका लागेपछि आफुलगायत डा.ओम प्रकाश मिश्रले जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय बाँके र नेपाल राष्ट्र बैंकमा त्यसको छानबिनका लागि निवेदनसमेत दिएको भन्दै नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका मिश्रले उल्टै छानबिनको निवेदन दिनेमाथिनै मुद्दा चलाएको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘बैंकमा कहिँ नकहिँ घोटाला भएको छ, शंका मानेर म लगायत डा.ओम प्रकाश मिश्रले प्रहरी, प्रशासन र राष्ट्र बैंकमा अनुसन्धानका लागि निवेदन दियौं । उक्त निवेदनमाथि अनुसन्धान र छानबीन नै नगरी निवेदकमाथि नै मुद्दा चलाउनुले चित्त बुझेको छैन...
भारतीय प्रहरीको निगरानीमा रहेका जिहादी मौलाना नेपालको नरैनापुरमा खुलेआम मदरसा सञ्चालन गर्दै

भारतीय प्रहरीको निगरानीमा रहेका जिहादी मौलाना नेपालको नरैनापुरमा खुलेआम मदरसा सञ्चालन गर्दै

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ श्रावण – नेपाल भारत सीमाको भारतीय क्षेत्रमा धार्मिक शिक्षाको नाममा आतंककारी संगठनको सहयोगमा अवैध, राष्ट्र बिरोधी, अपराधिक गतिविधिमा संलग्न मदरसाहरुलाई भारत सरकारले ध्वस्त गरी सकेपछि यी मदरसाका मौलानाहरुले नेपालमा अवैध रुपमा मदरसा सञ्चालन गरी अपराधिक गतिविधि गरिरहेको खुलासा भएको छ । प्राप्त जानकारी अनुसार भारतको श्रावस्ती जिल्ला भरथा रोशनगढ ग्रामसभा गाउँ रोशनपुर्वा बस्ने मौलाना इजहारुल हकले भारत नेपाल सीमामा भारतीय क्षेत्रमा रहेको रोशनपुर्वा गाउँमा आतंककारी गतिविधि गरी अवैध रुपमा सञ्चालन गरेको मदरसालाई भारत सरकारले महिना दिन अगाडी भत्काएपछि उनै भारतीय नागरिक मौलाना इजहारुल हक खाँले नरैनापुर गाउँपालिका वडा नं. २ रोशनपुर्वा गाउँमा करामत खाँको छोरा जाकिर हुसेन खाँको घरमा अवैध रुपमा विगत ६ महिनादेखि मदरसा सञ्चालन गर्दै आए छन् । धार्मिक शिक्षाको नाममा इजहारुल हक खाँले अवै...
क्याप्टेनद्वारा युवतीको हत्यापछि अत्मासमर्पण

क्याप्टेनद्वारा युवतीको हत्यापछि अत्मासमर्पण

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ९ श्रावण – नेपालगन्ज स्थित सुनाखरी रेष्टुरेन्टमा काम गर्ने युवतीको स्वस्तिक कटेजमा काम गर्ने क्याप्टेनद्वारा हत्या गरिएको छ । दैलेख घर भई विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेटर्सको रुपमा काम गर्ने २२ वर्षिया निर्मला थापाको नेपालगन्ज कै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेका छन् । अस्ति बुधबार नेपालगन्ज वडा नं १२ बेलासपुरमा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई तिम्रो दिदीलाई मैले मारे भन्दै फोन गरेका थिए । त्यसपछि उनले आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर अब यति हो है भेटघाट भन्दै गएराती २ बजेतिर आफै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेपछि हत्या भएको कुरा थाहा भएर कोठामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्मलाको परिवार आज आएपछि बल्ल उनको पोस्टमार्टम गरिएको छ । बिवाहित प्रकाशको श्रीमत...
८ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गुड्डु पक्राउ

८ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गुड्डु पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ६ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनीमा ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको गुड्डु हल्वाईलाई पक्राउ गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो पीडित पक्षबाट पत्र सूचनाको आधारमा तत्काल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी बस्ने वर्ष ५५ का गुडडु हल्वाईलाई पक्राउ अनुसन्धान अगाडि बढाएको जनाएको छ । हल्वाईले ती बालिकालाई जबरजस्ती करणी गरेको सुचना पाउना साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाईएको छ ।...