प्रश्नपत्र आउट ढाकछोपको प्रपञ्च
नेपालगन्ज, १८ चैत्र - आदर्श माबि परिक्षा केन्द्रमा उत्तर सहितको प्रिन्टेड प्रश्न पत्र फेला परेको गम्भिर बिषयलाई ढाकछोप गरी मिलाउने आन्तरीक प्रपञ्च भइरहेको पाइएको छ ।
परिक्षाको प्रश्नपत्र आउट गर्ने जस्तो गम्भिर बिषयमा दुई दिन विति सम्दा समेत कार्वाही प्रक्रिया अगाडी नबढ्दा यसले संसय पैदा गरेको छ भने उक्त बिषय थप पेचिलो बन्दै गएको छ ।
परिक्षा सञ्चालन भएको आधा घण्टा मानै मुनतारा इंलिस मिडियम स्कुलका बिद्यार्थीहरुबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परेको थियो । परिक्षाको मर्म र नियम विपरितको कार्य भएको पाइएपछि तत्काल उक्त केन्द्रका केन्द्राध्यक्षले नगर शिक्षा शाखा प्रमुखलाई फोन मार्फत घट्नाको जानकारी गराएका थिए । घट्नाका बिषयमा जानकारी भएपछि शिक्षा, युवा तथा खेलकुद शाखाले सोही दिन परिक्षा समितिको बैठक डाकेका थिए ।
अत्यन्तै गम्भिर बिषयमा छलफल गर्न डाकिएको उक्त बैठकमा शाखाले समिति...









