Monday, March 30सत्यम खबर
Shadow

गोपाल नीना फाउन्डेशन नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नरैनापुर, १४ चैत्र – गोपाल नीना फाउन्डेशन नेपालद्वारा आयोजित निःशुल्क एकदिने स्वास्थ्य शिविर आज शनिबार लक्ष्मणपुर–२ नरैनापुर गाउँपालिका बाँकेको प्राथमिक स्वास्थ्य केन्द्रमा, सफलतापूर्वक तथा भव्य रूपमा सम्पन्न भएको छ।

यस अवसरमा गोपाल नीना फाउन्डेशन नेपालका प्रबन्ध निर्देशक डा. गौरव श्रेष्ठले भन्नुभयो कि- “हामी यो सेवा पछाडि परेका तथा पहुँच नभएका जनताका लागि सधैं निरन्तर रूपमा प्रदान गर्दै जानेछौं ।”

उक्त स्वास्थ्य शिविरमा फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ तथा छाला रोग विशेषज्ञ लगायतका अनुभवी चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। शिविरमा चार सय स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा लिएका थिए।

कार्यक्रममा स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो भने स्वास्थ्य सेवाबाट वञ्चित क्षेत्रका नागरिकहरूलाई विशेष लाभ पुगेको आयोजका पब्लिक म्यानेजर दिलिप गिरीले जानकारी दिए ।

कार्यक्रमलाई सफल बनाउन नरैनापुर गाउँपालिका, NMSRA, PEAN तथा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस लगायतका संघ संस्थाहरूले महत्वपूर्ण सहयोग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *