Sunday, May 31सत्यम खबर
Shadow

समाज

जागेश्वरको नेतृत्वमा थारु पत्रकार संघ नेपाल बाँके

जागेश्वरको नेतृत्वमा थारु पत्रकार संघ नेपाल बाँके

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ चैत्र – थारु पत्रकार संघ नेपाल बाँकेको पाँचौं जिल्ला अधिवेशनबाट जागेश्वर सिंह थारुको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार नवगठित कार्यसमितिमा उपाध्यक्ष लिला चौधरी, सचिव लक्ष्मी चौधरी, सहसचिव अमृता चौधरी र कोषाध्यक्ष सुविता थारू सर्वसम्मत रुपमा चयन गरिएको भगतराम थारुले जानकारी गराउनुभयो । थारुका अनुसार सदस्यहरूमा रूपा थारू, कमल थारू, मिलन चौधरी र रमेश चौधरीलाई चयन गरिएको छ । पूर्वअध्यक्ष थारुका अनुसार पाँचौं अधिवेशनमा सर्वसम्मत नयाँ नेतृत्व चयनलाई संगठनभित्रको एकता र सहकार्यको प्रतीकको रूपमा लिइएको नवनिर्वाचित अध्यक्ष जागेश्वर थारुले बताउनु भएको बताए । पत्रकारको हकहित संरक्षण र पेशागत विकासमा जोड दिने प्रतिबद्धता गरेको जनाए । कार्यक्रममा विभिन्न पत्रकार तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा बोल्ने अधिकांश वक्ताहरूले पत्रकारित...
दोस्रो योगिनीगोल्ड कप फुटबलको तयारी पुरा, उद्घाटन खेलमा आयोजक योगिनी र ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने

दोस्रो योगिनीगोल्ड कप फुटबलको तयारी पुरा, उद्घाटन खेलमा आयोजक योगिनी र ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २२ चैत – दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ र ब्रदर्श एफसी क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । चैत २९ गतेसम्म संचालन हुने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योतीयुवाक्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोज...
नरैनापुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका समिति गठन

नरैनापुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका समिति गठन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, २० चैत्र - बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को गाउँपालिका स्तरको समिति गठन गरिएको छ। हालै सम्पन्न बैठकमार्फत नयाँ समिति चयन गरिएको हो। नवगठित समितिको सभापतिमा उमेशकुमार बिष्ट चयन भएका छन् भने उपसभापतिमा हसिना बानो र सचिवमा अरबिन्दकुमार यादव चयन भएका छन् । त्यस्तै सदस्यहरूमा बाबुराम यादव, धनबिर चौधरी, भादना गिरी, दयादिन विश्वकर्मा, प्रमोदकुमार मिश्रा, निसार अहमद खान, फातिमा पठानिन, विक्रम तिवारी, वलराम तिवारी, राहुल यादव, सन्दीप तिवारी र रामसुरत पाँडे रहेका छन्। समिति गठनसँगै स्थानीय स्तरमा पार्टीको संगठन सुदृढ गर्ने, जनताको समस्यालाई सम्बोधन गर्ने तथा विकास निर्माणका कामलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको बताइएको छ । नवगठित समितिलाई विभिन्न पक्षबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।...
अनेमसंघ बाँकेद्वारा दोषीलाई कानुन अनुसारको कारबाहिको मांग

अनेमसंघ बाँकेद्वारा दोषीलाई कानुन अनुसारको कारबाहिको मांग

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० चैत्र – अखिल नेपाल महिला संघ जिल्ला कमिटि बाँकेद्वारा चैत्र १४ गते २४ बर्षीय मोहम्मद आरिफ ढपाली प्रेमीद्वारा आगो लगाएर मारिएकी २२ बर्षीय सृजना मगरको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार गृहमन्त्रालय सिहदरवार काठमाण्डौंमा चैत्र २० गते ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउनेहरुमा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेल, अनेमसघं बाँके जिल्ला कमिटि अध्यक्ष मिना सुवेदी ढकाल, नि.बर्तमान उपाध्यक्ष इता शर्मा, अनेमसंघ युवा कमिटि बाँकेका अध्यक्ष विष्ना बस्नेत, अनेमसंघ नेपालगन्ज उपमहानगरपालिका नगर कमिटि बाँकेका अध्यक्ष रीना पौडेल, द्वन्द पीडित तथा एकल महिला संजाल बाँकेका केन्द्रिय महासचिव एकमाया विक, अनेमसंघ जिल्ला कमिटि सदस्य रमा गहतराज लगायतका महिलाहरुले पीडितलाई न्याय र पीडकलाई कानुन बमोजिमको माग गर्दै ज्ञापन पत्र बुझाएका...
डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निर्माण शुरु

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निर्माण शुरु

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २० चैत -बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निमार्ण गर्न थालेको छ । डुडुवा गाउँपालिका वार्ड नंं.–१ टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निमार्ण शुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमका बीच उक्त योजना निमार्णको शिलान्यास गर्नु भएको छ । अध्यक्ष चौधरीले डुडुवा नाला पारीका स्थानीयलाई आवतजावतमा सहजताका लागि ट्रस ब्रिज निमार्ण गर्न लागेको भन्दै वर्षा, बाढी डुबान तथा अन्य समयमा वारपार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिकासंग सिमित साधन स्रोत भएकाले अहिलेलाई यही पुलले राहत दिने भन्दै भविष्यमा ठुलो पुल निमार्णको पहल गर्ने प्रतिबद्धता गर्नुभयो । रु एक करोड ११ लाखको लागतमा ५७ मिटर लामो पुल लुम्विनी इन्जिनियरिङ्ग वक्र्स प्रालिले निमार्णको जिम्मा लिएको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार...
महिला पुरुष गरी १ सय ८५ जनाले गरे रक्तदान

महिला पुरुष गरी १ सय ८५ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० चैत्र – ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान जीवनदान मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा सहकारीका कर्मचारी, शिक्षक, बिद्यार्थी, स्वयंसेवी महिला पुरुष रक्तदाता गरी १ सय ८५ जनाले रक्तदान गरेका छन् । राप्ती सोनारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अगैयाको आयोजनामा र राप्ती सोनारी गाउँपालिका सहकारी समन्वय समितिको समन्वयमा राप्ती सोनारी गाउँपालिका सहकारी समन्वय समितिका कोषाध्यक्ष भूपेन्द्र खडकाद्वारा सञ्चालित, समितिका संयोजक जमान सिंह ओलीको अध्यक्षतामा, राप्ती सोनारी गाउँपालिकाकी काबा अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि मनिषा सिंह थारुले ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि मनिषा सिंह थारु, बिशिष्ट अतिथि तथा राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनीराम खराल, राप्ती सोनारी गाउँपालिका सहकारी समन्वय स...
सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १९ चैत्र - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । चैत १८ गतेको निर्णयअनुसार जारी गरिएको उक्त पत्रले निजी तथा स्वतन्त्र सञ्चार माध्यमहरूलाई सरकारी सूचना तथा विज्ञापनबाट वञ्चित गर्ने संकेत गरेको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आपत्ति जनाएको छ । काठमाडौं शाखाले उक्त निर्णयलाई “ठाडो, असह्य र निन्दनीय हस्तक्षेप” को संज्ञा दिँदै यसले निजी सञ्चार माध्यमको आर्थिक आधार कमजोर पार्ने मात्र नभई दीर्घकालीन रूपमा तिनको अस्तित्वनै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञाप्ति प्रकाशित गर्दै सरकारी सूचना र विज्ञापन निजी मिडियाका लागि प्रमुख आम्द...
प्रश्नपत्र आउट ढाकछोपको प्रपञ्च

प्रश्नपत्र आउट ढाकछोपको प्रपञ्च

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ चैत्र - आदर्श माबि परिक्षा केन्द्रमा उत्तर सहितको प्रिन्टेड प्रश्न पत्र फेला परेको गम्भिर बिषयलाई ढाकछोप गरी मिलाउने आन्तरीक प्रपञ्च भइरहेको पाइएको छ । परिक्षाको प्रश्नपत्र आउट गर्ने जस्तो गम्भिर बिषयमा दुई दिन विति सम्दा समेत कार्वाही प्रक्रिया अगाडी नबढ्दा यसले संसय पैदा गरेको छ भने उक्त बिषय थप पेचिलो बन्दै गएको छ । परिक्षा सञ्चालन भएको आधा घण्टा मानै मुनतारा इंलिस मिडियम स्कुलका बिद्यार्थीहरुबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परेको थियो । परिक्षाको मर्म र नियम विपरितको कार्य भएको पाइएपछि तत्काल उक्त केन्द्रका केन्द्राध्यक्षले नगर शिक्षा शाखा प्रमुखलाई फोन मार्फत घट्नाको जानकारी गराएका थिए । घट्नाका बिषयमा जानकारी भएपछि शिक्षा, युवा तथा खेलकुद शाखाले सोही दिन परिक्षा समितिको बैठक डाकेका थिए । अत्यन्तै गम्भिर बिषयमा छलफल गर्न डाकिएको उक्त बैठकमा शाखाले समिति...
र्सिजना बुढामगरको हत्यारालाई माहुरीहोमद्वारा कडा कारवाहीको माग

र्सिजना बुढामगरको हत्यारालाई माहुरीहोमद्वारा कडा कारवाहीको माग

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १७ चैत्र – नेपालगन्ज–१२ स्थित कोरियनपुरमा सिर्जना बुढामगरको हत्याको घटनाप्रति मधेस मानवअधिकार गृह -माहुरीहोम) बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनालाई गम्भीरतापूर्वक अध्यन अनुसन्धान गरि दोषी माथि कडा कारवाही गर्न सरकार संग मधेस मानवअधिकार गृह -माहुरीहोम) बाँकेले जोडदार माँग गरेको छ । यो दुखद घटनाको घोर भत्सर्ना गर्दै घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकको चिरशान्तिको कामनाको साथै सोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । घटनाका दोषी जोसुकै भएपनि यथाशिघ्र कानुनी कारबाही अघि बढाउँदै सुरक्षा व्यवस्था सुदृढ बनाउने तर्फ जिल्ला स्थित प्रहरी प्रशासनको समेत ध्यानाकर्षण गराउँदै, यस्ता दुःखद र अपराधिक घटनाहरू भविष्यमा हुन नदिनका लागि आफ्नो छरछिमेक, वरपर कसैले शंकास्पद अपराधिक योजना बनाइरहेको वा कुनै किसिमका अस्वभाविक गतिविधिहरू गरिरहेको भन्ने शंका लागेमा अ...
बैशाख ११, १२ र १३ गते नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभल हुने

बैशाख ११, १२ र १३ गते नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभल हुने

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ चैत्र – होटल व्यवसायी संघ बाँके तथा होटल संघ नेपाल -हान) को संयुक्त आयोजनामा नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभल हुने भएको छ । नव वर्ष २०८३ को पावन अवसरमा बैशाख ११, १२ र १३ गते आयोजना हुन लागेको नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभलले नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र पर्यटन प्रवद्र्धन, धार्मिक स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने, स्थानिय परिकारको पहिचान, होटल व्यवसायको विकास गर्ने छिमेकी राष्ट्र भारतको बोर्डरबाट बढी भन्दा बढी पर्यटकलाई भिœयाउने, तारे होटलका खानाहरुलाई एकै ठाउँबाट प्रवद्र्धन गरि यस जिल्ला नगरको व्यापारलाई चलायमान गर्ने उद्देश्य लिई यस फेस्टिभलको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा बताईएको छ । होटल व्यवसायी संघ बाँके अध्यक्ष भिमलाल कंडेलका अनुसार धेरैजसो संघसंस्थाहरुसँग सम्झौता हुन बाँके रहेको हुँदा हाल आर्थिक लगानीबारे भन्न नस...