Friday, July 31सत्यम खबर
Shadow

समाज

आज सांसद नमूनासहित २८ जना घर फिर्ता

आज सांसद नमूनासहित २८ जना घर फिर्ता

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ भाद्र – प्रदेश नं. ५ का सांसद कृष्णा केसी (नमूना) सहित २८ जनाले आज विहिबार कोरोना जितेर घर फिर्ता हुने भएका छन् । १३ जना महिलासहितका २८ जनाले कोरोनालाई जितेर घर फिर्ता जाने भएको फोकल पर्शन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । २८ जना डिस्चार्ज हुनेहरुमा अधिकांश नेपालगन्ज उपमहानगरपालिका भित्रका रहेका छन् भने यसअघि जिल्लामा सबैभन्दा बढि एकै दिन ३० जना कोरोना जितेर घर फिर्ता भई सकेका छन् । बाँकेमा अन्य जिल्लाका समेत गरि ७ सय ६६ जना कोरोना संक्रमित हुँदा ४ सय ९६ जना कोरोना जितेर घर फिर्ता गईसकेका छन् । हाल २ सय ६६ जना कोरोना पोजेटिभ संक्रमित रहेका छन् । हालसम्म बाँकेमा कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाइ सकेका छन्...
नेपालको पत्रकारितामा कोभिड–१९ को गम्भीर असर, प्रतिवेदन सार्वजनिक

नेपालको पत्रकारितामा कोभिड–१९ को गम्भीर असर, प्रतिवेदन सार्वजनिक

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३ भाद्र– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) को गम्भीर असर नेपालको पत्रकारिता क्षेत्रमा देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्त रुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादन समेत घटेको देखाएको छ । आज बुधबार एक भर्चुअल समारोहमा माननीय अर्थ र सञ्चार सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नु भएको छ ।पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिक रुपमा प्रभावित भएका छन्, जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् । असार २६ देखि साउन ९ गतेसम्म देशका ७ वटै प्रदेशबाट ...
अपडेटः ३ सय ५० जनाको नमुना परीक्षण गर्दा १५ जना पोजेटिभ

अपडेटः ३ सय ५० जनाको नमुना परीक्षण गर्दा १५ जना पोजेटिभ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ भाद्र– बुधबार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । बाँकेका १३ र बर्दियाका २ जना गरी जम्मा १५ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । बाँकेमा बुधवार थपिएका अधिकांश कोहलपुर नगरपालिका वडा नं.११ का हुन् । ६ वर्षदेखि ३१ वर्ष उमेर समूहका ८ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको अस्पतालद्वारा जारी सूचनामा जनाइएको छ । त्यस्तै बाँके बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका १–१ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । २ जना वडा नं. १२ का रहेका छन्् भने अर्काको ठेगाना उल्लेख गरिएको छैन् ।यस्तै बर्दियाका मधुवन नगरपालिका वडा नं. ५ र ७ का १–१ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३ सय ५० जनाको नमुना परीक्षण गर्दा १५ जन...
‘त्रिपाठीजी बाटो बन्छ, अलि समय लाग्छ’– प्रमुख डा. राणा

‘त्रिपाठीजी बाटो बन्छ, अलि समय लाग्छ’– प्रमुख डा. राणा

आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, ३ भाद्र– नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणको नाममा विवादित बन्दै गएको फुल्टेक्रा चौक (शिवमन्दिर) को बाटो निर्माणका लागि मापदण्ड बमोजिम बाटो निर्माण गर्नुपर्ने भनी वडाबासीहरुद्वारा हस्ताक्षर संकलन गरी वडाअध्यक्षलाई मंगलबार बुझाइएको छ । वडाका युवाहरुद्वारा बुझाइएको हस्ताक्षर बारे आफ्नो भनाई राख्दै वडाअध्यक्ष समिरप्रताप सिंह, तस्वीरः सत्यमखबर फुल्टेक्रा चौक (शिवमन्दिर) बाटो निर्माणका विषयमा उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणालाई फोन गर्दा उहाँको भनाई पहिलाभन्दा हाल अलि सकारात्मक रुपमा देखिएको पाईन्छ । प्रमुख राणाले भन्नुभयो– ‘त्रिपाठीजी बाटो बन्छ, अलि समय लाग्छ, हाम्रो छलफलहरु यस विषयमा केन्द्रित छ ।’ वडाद्वारा उपमहानगरपालिकालाई सरकारी सेवासुविधा बन्द गर्ने सम्बन्धी पठाइएको पत्र, तस्वीरः सत्यमखबर स्मरणरहोस् वडा नं. ६ का महिला वडा सदस्य सावित्री शर्मा अधिकार...
अपडेटः बाँकेमा आज ११ जना संक्रमित, १३ जनाले कोरोना जिते

अपडेटः बाँकेमा आज ११ जना संक्रमित, १३ जनाले कोरोना जिते

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ भाद्र– बाँकेमा मंगलवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा नेपालगन्ज उपमहानगरपालिकाका १० जना र एकजना खजुराका व्यक्तिमा भाइरस संक्रमण पुष्टि भएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । पछिल्लो २४ घण्टामा पाँच सय ५० नमुनाको परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।ति मध्ये २ जना बर्दिया गुलरिया नगरपालिकाका छन् भने अर्को सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका हुन् । बाँकेमा मंगलवार थप भएका ११ संक्रमितसहित कुल संक्रमितको संख्या ७ सय ४५ पुगेको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो । यसैगरी, नेपालगन्जका १३ जना कैदीबन्दी कोरोनामुक्त भएका छन् । कारागार कार्यालय नेपालगन्जमा रहेका कैदी–बन्दीहरुमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका ती कैदी–बन्दी नै म...
कस्तो छ क्वारेन्टाईनको अवस्थामा, के–के गुनासो रहेको छ ?

कस्तो छ क्वारेन्टाईनको अवस्थामा, के–के गुनासो रहेको छ ?

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ भाद्र– प्रायः आम सर्वसाधारण व्यक्तिहरुको मनमा जिज्ञासा हुन सक्छ, क्वारेन्टाईनको अवस्था कस्तो छ, त्यहाँ भएका व्यक्तिहरुलाई बेला–बेलामा सम्बन्धित निकायबाट पाउने सेवा सुविधाहरु पाईएको छ व छैन । यसै जिज्ञासालाई मेटाउन आज मंगलबार नेपालगन्ज स्थित रहेको महेन्द्र बहुमुखि क्याम्पसको क्वारेन्टाईन अनुगमन गर्ने अवसर पाईयो । बाहिरबाट झट हेर्दा सबै राम्रो र व्यवस्थित भएको पाईन्छ । तर भित्रि पीडाहरु अनेक रहेको पाईन्छ ।हाल महेन्द्र बहुमुखि क्याम्पस क्वारेन्टाईनमा ६८ जना पुरुष र ६१ जना महिलाहरु रहेका छन् । जसमा बच्चाहरुको गन्ती गरिएको छैन । जम्मा १ सय २९ जना रहेका महिला–पुरुष बस्ने क्वारेन्टाईनको अवस्था सामान्य जस्तै देखिएको छ । बिहान ८ बजे नास्ता पाईएको छ, दिउँसो १२ बजे खाना, दिउँसो ३ बजे नास्ता र राती ७ बजे खाना पाईएको छ । पानी २४ औं घण्टा उपलब्ध छ, सामान्य उपचारको लागि स्वास्थ...
नर्समा कोरोना देखिएपछि अपरेसन नै प्रभावित

नर्समा कोरोना देखिएपछि अपरेसन नै प्रभावित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, २ भाद्र– तीनजना नर्ससहित ५ जना कर्मचारीमा कोरोना देखिएपछि भरतपुर सेन्ट्रल अस्पतालले केही दिनका लागि सेवा बन्द गरेको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरू जोखिममा रहेको भन्दै तत्कालका लागि सेवा बन्द गरिएको अस्पतालका डाक्टर अनिलविक्रम कार्कीले बताए । डा.कार्कीका अनुसार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि तीन जना बिरामीको शल्यक्रिया प्रभावित बनेको छ ।‘तीन जना बिरामीको अप्रेसनको तयारी भइरहेको थियो, त्यही वार्डका नर्समा कोरोना पोजेटिभ देखियो’, उनले भने, ‘तत्कालका लागि स्थगित गरेका छौं ।’नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका डा.कार्कीले अहिले नै निजी अस्पताल बन्द हुने अवस्थामा पुगेको भन्दै निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गराउँदा जोखिम बढ्ने बताए ।‘सरकारले त्यो निर्णय फिर्ता लिनुपर्छ, कुनै एक स्थान छनोट गरेर कोरोना संक्रमितको उपच...
बाँकेमा कोरोनाले चौथो व्यक्तिको मृत्यु

बाँकेमा कोरोनाले चौथो व्यक्तिको मृत्यु

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ भाद्र– कोरोना संक्रमणका कारण बाँकेमा चौथो ब्यक्तिको मृत्यु भएको छ ।फोक्सोको निमोनियाबाट ग्रसित नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । श्रावण ३० गते कोरोनाको लक्षण देखिएपछि श्रावण ३२ मा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको स्वाब संकलन गरिएको थियो । उपचार कै क्रममा सोमबार राति ११ः४० बजे उनको मृत्यु भएको छ ।यसअघि नरैनापुर गाउँपालिका–५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका–६ कि ४६ वर्षीया महिला र कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।...
हिटलरवाद र हैकमवाद हावी रहेको आरोप

हिटलरवाद र हैकमवाद हावी रहेको आरोप

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १ भाद्र– डुडुवा गाउँपालिका वडा नं. १ बनकट्टी, हलबलडोलीका कयुम खाँ आफू बिगत १३ वर्षदेखि नेपाली काँग्रेस पार्टीमा सक्रिय रुपमा आबद्ध रही विभिन्न जिम्मेवारीलाई कर्तब्य र दायित्व सम्झी ईमानदारी पूर्वक निर्वाह गर्दै आएको भएता पनि बिगत केही बर्षदेखि डुडुवा गा.पा. अन्तर्गत रहेको पार्टीको बूथ इकाई कमिटीमा बिधि बिधान र पद्धतीको बेवास्ता गर्दै हिटलरवाद, हैकमवाद, ब्यक्तिवाद, जातिवाद, गुटवाद हावी रहेको विज्ञप्तीमार्फत आरोप लगाएका छन् । विज्ञप्तीमा व्यक्तिको एकल निर्णय, हैकमवादी चरित्र र तानाशाही प्रबृति बूथ ईकाई कमिटीको बैठकमा एजेण्डा बन्नु दुर्भाग्यपूर्ण बिषय भएको मैले महशूश गरेको छु । पार्टीको हरेक निर्णय बिधि बिधान र पद्धतिबाट हुनु पर्नेमा ब्यक्तिले बर्चश्व कायम गर्दै आफूले निर्देशन गरेको कुरा नै निर्णय गर्नुपर्ने बाध्यता सामु आफु कुनै पनि हालतमा बस्न नसक्ने स्थितीको श्रृजना भएको ...
नरैनापुरमा सूचना अधिकारीलाई कारवाहीको माँग ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै गाउँपालिका

नरैनापुरमा सूचना अधिकारीलाई कारवाहीको माँग ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै गाउँपालिका

आर्थिक, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ भाद्र– बाँके नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापनको नाममा ब्यक्ति विशेषलाई २१ लाख ३५ हजार रुपैया भत्ता दिएपछि उत्पन्न विवादमा माँग गरिएको सूचना गाउँपालिकाले लुकाउँदै आएको छ । भत्ताको चौतर्फी विरोध भइरहँदा स्थानीय बासिन्दा समेत रहेका पत्रकार विनय दीक्षितले गाउँपालिकाबाट भत्ता र सो संग सम्बन्धित विषयमा सूचना माँग गरेका छन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र नेपालको संविधान २०७२ को धारा २७ बमोजिम प्रमाणित सूचनाका लागि उनले उजुरी दर्ता गरेका थिए ।कानून बमोजिमको म्याद १५ दिन भित्र सूचना उपलब्ध गराउनु पर्नेमा सो सम्बन्धी १७ दिन हुँदा समेत कुनै सूचना नदिइएको जानकारी दिँदै दीक्षितले भने, मुद्दा सम्मै पनि जान सकिन्छ, हाल सूचना अधिकारीलाई कारवाही माँग गर्दै कार्यालय प्रमुख समक्ष पुनः ७ दिने उजुरी दर्ता गरिएको हो । राष्ट्रिय सूचना आयोग, अख्तियार दुरुपयोग अनुस...