Thursday, November 21सत्यम खबर
Shadow

हरितालिका तीज आज, के हो तीज ? किन बसिन्छ व्रत ?

नेपालगन्ज, ५ भाद्र – भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज शुक्रबार तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरून्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

तस्वीर : फेसबुकबाट
तस्वीर : फेसबुकबाट


सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको बाँकेको बागेश्वरी र्मिन्दरमा रहेका जुँगे महादेव, त्रिभुवन चोक शिवमन्दिर, फुल्टेक्राका शिवमन्दिर, काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरमा आज शुक्रबार बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्ने गर्थियो तर यस बर्ष कोरोना संक्रमणका कारण सरकारले सामुहिक नाच गानमा रोक लगाएको हुँदा घर मै बसी मनाउने गरिएको छ ।
हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीज व्रत बस्ने किम्दन्ती धार्मिक ग्रन्थहरुमा रहेको पाईन्छ ।
यसैगरी, तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *