Tuesday, October 22सत्यम खबर
Shadow

दोषीलाई हदैसम्म कार्यवाहीको माग गर्दै ज्ञापनपत्र

नेपालगन्ज, ५ भाद्र – रौतहट जिल्लाको माधवनारायन नगरपालिका बडा नं. २ खेसरहीया स्थित श्री हनुमान मन्दिरको पुजारी रामसाह तेलीको गोली हानी हत्या गरिएको विरोधमा विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति बाँकेले शुक्रबार जिल्ला प्रशासनमा दोषीलाई कडा कार्यवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।


यही भाद्र ३ गते रौतहट जिल्लाको माधव नारायण नगरपालिका वार्ड नं २ खेसरहिया बजार स्तिथ श्री हनुमान मन्दिरको महन्त तेलीको गोली हानी हत्या गरिएको थियो । हत्याको खबरले सम्पूर्ण सनातनी समुदायलाई मर्माहित बनाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


ज्ञापन पत्रमा पीडितलाई कानुन बमोजिम न्याय र पीडकलाई हदैसम्म कानुनी कार्यवाहीको माग गर्दै घटनाको बिरोधमा बिश्व हिन्दू परिषद नेपालमार्फत जिल्ला प्रशासन कार्यालय बाँकेलाई परिषदका अध्यक्ष बृजेशबहादुर सिंहले शुक्रवार ज्ञापन पत्र बुझाएका छन् ।
यसैगरी विश्व हिन्दू परिषद नेपाल कार्यसमिति परिवारले दोषीलाई अबिलम्ब पक्राउ गरी कडा कारवाही गर्न प्रशासनसँग अनुरोध समेत गरेको अध्यक्ष सिंहले बताएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *