Friday, July 31सत्यम खबर
Shadow

समाज

अपडेटः शुक्रबार १५ जनामा कोरोना पुष्टि

अपडेटः शुक्रबार १५ जनामा कोरोना पुष्टि

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – बाँके जिल्लामा शुक्रबार ९ महिला, ६ पुरुष गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा भएको पिसिआर परीक्षणबाट शुक्रबार एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ९ महिला ६ पुरुष गरि जम्मा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको आफ्नो स्टेटसमार्फत जानकारी गराउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा यो सँगै ९ सय ७१ जना संक्रमितहरुको पुगेका छन् भने २ सय ७२ जना उपचाररत रहेका छन् । जस मध्ये ६ सय ९३ जना उपचार पछि निको भई घर फर्किसकेका छन् । जस मध्ये ३ महिला सहित ६ जनाको मृत्यु भईसकेको छ ।...
सानो छतमा तरकारी फलाउन मन छ ? ‘कौसी–बारी’ ले गरिदिन्छ व्यवस्था

सानो छतमा तरकारी फलाउन मन छ ? ‘कौसी–बारी’ ले गरिदिन्छ व्यवस्था

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ भाद्र – लकडाउनका कारण बजारमा राम्ररी तरकारी आपूर्ति हुन सकेको छैन । एकातिर फलेका तरकारी ढुवानी हुन नसक्दा खेतबारीमै कुहिने अवस्था आइलागेको छ । अर्कातिर आइपुगेका तरकारी पनि भाउ आकासिएर छोइसक्नु छैन ।लकडाउनले भातभान्छा नै रोकिने अवस्था सिर्जना भइरहका बेला तीन युवाहरू कौसी–खेतीबारे अभिमुखीकरण गर्दै हिँडेका छन् । कौसी–बारीको टनेलमा रोपिएका तरकारीमा पानी हाल्दै । तस्बिर सौजन्यः कौसी–बारी कौसी हराभरा हुने, आफ्नो कोठाकुनाबाट हरियाली देख्न पाइने, आफ्नै बारीको तरकारी टिपेर खान पनि पाइने । गजबको उपाय पहिल्याएका छन् उनीहरूले ।उनीहरूले कौसी–खेतीबारे जानकारी मात्रै दिँदैनन् । अभियान ‘एग्रो’ नै चलाएका छन् जसमार्फत् छतमा खेती गर्न टनेलसहितको बारी व्यवस्थापन गरिदिन्छन् । मौसमी–बेमौसमी खेती गर्ने उपाय सुझाइदिन्छन् ।यो अभियानमा २८ वर्षीय सुवास पण्डित, ३१ वर्षीय बिर्खबहादुर पुन र राजन थाप...
अपडेटः ३ महिलासहित ११ जना घर फर्किदै

अपडेटः ३ महिलासहित ११ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ भाद्र – बाँकेका विभिन्न आइसोलेसनबाट आज शुक्रबार ११ जना निको भाई घर फर्किने भएका छन् । जसमध्ये महिला ३ र पुरुष ८ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठले बताउनुभयो । फोकल पर्शन श्रेष्ठका अनुसार हालसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर जाँच हुँदा ९ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६ सय ९३ जना निको भई घर फर्किसकेका छन् ।विभिन्न आइसोलेसनमा २ सय ५७ जना उपचाररत रहेका छन् । ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको छ । बाँकेमा आसोलेसन बेड ६ सय ३, आइसियु बेड ५३, भेन्टिलेटर २१, आइसोलेसन सेन्टर र अस्पताल संख्या १४, क्वारेन्टाइनमा १ सय ९० जना, विगत २४ घण्टा भित्र ३६ जना कोरोना पोजेटिभ थपिएका छन् भनी फोकल पर्शन श्रेष्ठले पठाएको म्यासेजर सूचना र रिपोर्टमा उल्लेख गरिएको छ ।...
अपडेट : ३३ जनामा कोराना संक्रमण पुष्टि

अपडेट : ३३ जनामा कोराना संक्रमण पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ भाद्र – बाँकेमा बिहिबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेका विभिन्न पालिका र अन्य जिल्लाबाट संकलन गरिएको स्वाव परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नयाँ संक्रमित मध्ये नेपालगन्जका १२, कोहलपुरका ७, जानकीका ६ तथा राप्तीसोनारी र खजुराका १÷१ जना रहेका छन् । संक्रमितहरु ६ वार्षिय बालिकादेखी ५८ वर्षिय पुरुषसम्म रहेको भेरी अस्पतालले जनाएको छ । त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाका २ जना तथा गोर्खा, नवलपरासी, कपिलवस्तु, रुकुम, मकवानपुर र तनहुँका १÷१ गरी जिल्ला बाहिरका ८ जनामा समेत संक्रमण देखिएको छ । बर्दिया बाहेक अन्य जिल्लाका ६ जना बाँके मै कार्यरत कर्मचारी भएको बताईएको छ ।हालसम्म कोरोना संक्रमितहरुको संख्या ९ सय ५३ पुगेको छ भने ६ सय ८२ जना उपचारपछि निको भई घर फर्की सकेका छन् । योसँगै २ सय ६...
उपमहानगरपालिका र शहरी विकासबाट छुट्टाछुट्टै सूचना माग

उपमहानगरपालिका र शहरी विकासबाट छुट्टाछुट्टै सूचना माग

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ११ भाद्र – विकासको गतिमा ठाउँ ठाउँमा अवरोधहरु उत्पन्न हुन थालेपछि नेपालगन्ज–६, फुल्टेक्रा निवासी चन्द्रेश्वरराज त्रिपाठीले नेपालगन्ज उपमहानगरपालिका र क्षेत्रीय शहरी विकास कार्यालय नेपालगन्ज–बाँकेबाट छुट्टा–छुट्टै सूचना माग गरेका छन् ।नेपालको संविधान २०७६ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ अनुसार तपसिलमा उल्लेखित सूचना तथा विवरण प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिन सम्बन्धित कार्यालयहरुमा सूचना दर्ता गराएको त्रिपाठीले जानकारी गराउनुभयो । नेपालगन्ज उपमहानगरपालिकासित माग गरिएको सूचनामा एडिबि परियोजना मार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र बनाईएको नाला, बाटो के कति मापदण्ड अनुसार बनाईएको छ र कति किलोमिटरसम्म बनाईएको छ । यसमा उपमहानगरपालिकाको भूमिका के कति रहेको छ । उक्त बनाईएको मापदण्ड अनुसारको बाटो हालसम्म कहाँ–कहाँ अवरोध भएको अवस्था रहेको तथा सो अवरोध पछि ...
७० बर्षिया कोरोना संक्रमित महिलाको मृत्युु

७० बर्षिया कोरोना संक्रमित महिलाको मृत्युु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ निवासी ७० वर्षीय महिलाको विहिबार मृत्यु भएको छ ।जन स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठद्वारा जारी प्रेस नोटका अनुसार कोरोना संक्रमणका कारण बिहिबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ७० बर्षिया महिलाको मृत्यु भएको छ । मृतक महिला भदौ ३ गते छातिको समस्या भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी थिइन् । कोरोनाको आशंकामा स्वाब संकलन गरी परिक्षणका लागि पठाइएकोमा भदौ ५ गते आएको नतिजामा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भदौ ६ गते नेपालगन्जबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भेन्टिलेटरसहितको थप उपचारका लागि लगिएको र उपचार कै क्रममा बिहिवार बिहान ११ः३० बजे उनको मृत्यु भएको जन स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठद्वारा जारी गरिएको ...
बाटो र नाला बनाउन कति समय लाग्छ ?

बाटो र नाला बनाउन कति समय लाग्छ ?

आर्थिक, राजनीति, समाचार, समाज
नेपालगन्ज, ११ भाद्र – नेपालगन्ज उपमहानगरपालिका भित्र विकासको नाममा गरिएको असारे विकासले गर्दा आम सर्वसाधारणहरुलाई सास्ती मात्र नभई आर्थिक नोक्सान समेत भईरहेको गुनासो वडा नं. २ घरवारी टोलीका व्यापारीहरुले गरेका छन् । विहिबार बिहान ११ः४० बजे दुर्घटना ग्रस्त ब्याट्री रिक्सा । तस्वीरः सत्यम खबर विगत १ वर्षदेखि न्यूरोड पश्चिमदेखि स्टार लजसम्मको बाटो फराकिलो बनाउने भनेर कार्य जारी गरिएको थियो । तर सो कार्य वडाअध्यक्षको लापरवाहीले गर्दा अधुरो अवस्थामा छोडेर ठेकेदार नै भाग्यो कि ? भन्ने गुनासो समेत उक्त स्थानमा रहेका टिभि मर्मत गर्ने मिस्त्रीहरुले गरेका छन् ।सोमबार परेको अविरल पानीको जमालले गर्दा खनिएको नालामा दुर्घटना ग्रस्त भएको महेन्द्र गाडी त एउटा उदाहरण मात्र थियो । आज विहिबार ब्याट्री रिक्सामा सामान लोड गरि ल्याउँदै गर्दा पुनः दुर्गा इलेक्ट्रोनिक्स पसल अगाडी दुर्घटना ग्रस्त भई आर्थ...
आज २२ जना डिस्चार्ज भई घर फर्किने

आज २२ जना डिस्चार्ज भई घर फर्किने

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ भाद्र – आज बिहीबार बाँके जिल्लामा २२ जना डिस्चार्ज भई घर फर्केका छन् । जन स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहेकाहरु मध्ये २२ जना डिस्चार्ज भई घर फर्किने छन् । खुल्ला कारागार, होटेल सिटि प्यालेस, कृषि तालिम केन्द्र खजुरा, लायन्स डेन्टल अस्पताल, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल र प्राथमिक स्वास्थ्य चौकी बैजनाथबाट गरी ९ जना महिला र १२ जन पुरुष आज विहिबार घर फर्किने जन स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार डिस्चार्ज हुनेहरुमा २२ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरु रहेका छन् । यो सँगै जिल्लामा भेटिएका संक्रमित मध्ये ६ सय ८२ जना डिस्चार्ज भइसकेका छन् ।बुधबार साँझसम्म्म भेटिएका जम्मा ९२० संक्रमित मध्ये २ महिला सहित ५ जनाको मृत्यु भईसकेको छ ।...
सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा

सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
लतिपुर, १० भाद्र – राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज १० प्रतिशत भन्दा कम भएको छ ।बैंकले भदौ १० गतेदेखि लागु हुने गरी परिवर्तन गरेको कर्जाको ब्याजदर सिंगल डिजिटको बनाएको हो । न्यूनतम साढे ६ प्रतिशतदेखि बढीमा साढे दश प्रतिशतसम्मको ब्याजदर कायम भएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । बैंकका अधिकांश कर्जाको ब्याज सिंगल डिजिडको बनाइएको अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो । कृषि तथा कृषि परियोजना कर्जामा साढे ६ प्रतिशतदेखि ९ दशमलव २५ सम्म तथा परियोजना कर्जामा ६ दशमलव ७५ देखि ९ दशमलव ९९ सम्म कायम भएको बैंकले जनाएको छ ।बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने कर्जामा सबै भन्दा बढी दीगो सहकारी कर्जा र चालु पूँजि कर्जामा साढे १० प्रतिशत कायम गरिएको छ ।बैंकले आवधिक कर्जामा ८ देखि १० दशमलव २५, हायर पर्चेज कर्जामा ९ दशमलवव ९९ तथा लघ...
अपडेटः बुधबार एकैदिन ७३ जनामा कोरोना पुष्टि

अपडेटः बुधबार एकैदिन ७३ जनामा कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – जिल्लामा अहिलेसम्म एकै दिनमा बढि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा भएको पिसिआर परीक्षणबाट बुधबार एकैदिन ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार कोहलपुरका ५१, नेपालगन्ज उपमहानगरपालिकाका १५ र बैजनाथ गाउँपालिकामा १ गरि ६७ जनामा आज बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।जन स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बागेश्वरी ल्याबबाट ५१ जना गरी ७३ जना कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा यो सँगै ९ सय १६ जना संक्रमितहरुको पुगेका छन् भने २ सय ५१ जना उपचाररत रहेका छन् । जस मध्ये ६ सय ६० जना उपचार पछि निको भई घर फर्किसकेका छन् । जस मध्ये २ महिला सहित ५ जनाको मृत्यु भईसकेको छ ।...