Tuesday, November 4सत्यम खबर
Shadow

एसपी रानाको एकपछि अर्को सराहनीय कार्य, १० लाख फिरौती माग्ने अपहरणकारी पक्राउ

नेपालगन्ज, १२ भाद्र – बाँके जिल्लामा सरुवा भई आएको करीब अढाई महिना हुन लाग्दा जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर रानाले नेपालगन्ज बासीमा आफ्नो ध्यान केन्द्रित गर्ने योग्य एक–पछि अर्को सराहनीय कार्य गर्दै आएका छन् ।


बाँके जिल्ला अदालतबाट मुद्दा फर्चौट भई १०० बढी फरार अभियुक्त पक्राउ गरि कारागार चलान गराई सकेका प्रहरी प्रमुख एसपी रानाले कोरोना कालमा जनता माझ कसरी सचेतना अपनाउन सकिन्छ र कोभिड–१९ रोकथाम गर्न के उपयुक्त छ भन्ने सन्देश समेत फैलाउने कार्य गरेका छन् ।
यस्तै सराहनीय कार्यहरुमा आज शुक्रबार पत्रकार सम्मेलन मार्फत पुनः नातामा साला पर्ने अपहरण गर्ने भिनाजु पक्राउ परेका छन् ।


प्रहरी प्रमुख एसपी रानाका अनुसार ससुरासँग ४ लाख ८५ हजार नगर रहेको थाहा जानकारी पाएपछि नेपालगन्ज–१६ निवासी कल्लू भन्ने कलिम खाँले आफ्नै १३ वर्षीय साला इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरण गरेका छन् ।
अपहरणमा परेका इसहाक भाद्र ९ गते राती साढे आठ बजे मोहर्रम हेर्न गएको बेला कल्लूले साला इसहाकलाई अपहरण गरेका थिए । अपहरण गरेर उनले दुई दिन आफ्नै घरमा राखेको प्रहरी प्रमुख एसपी रानाले बताउनुभयो ।
साला इसहाकलाई घरमा राखेपछि ससुरालीमा फोन गरेर हिन्दू भाषाको प्रयोग गर्दै दश लाख फिरौती कल्लूले माग गरेका थिए । बालक अपहरणमा परेको जानकारी भोलिपल्ट प्रहरी कहाँ आएको र प्रहरीले रातभरी अप्रेसन चलाएर बालकको उद्दार गरेको एसपी रानाले बताउनुभयो ।
बाँके प्रहरी प्रमुख एससी रानाले शुक्रबार पत्रकार सम्मेलन गरेर घटना बाहिर ल्याउनु भएको छ ।
कल्लूले प्रयोग गर्ने बजाज कम्पनीको नेपाली नम्बर भे. ४ प. २३४४ को मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ १० गते ससुरालीमा जग्गा खरीद गर्ने जानकारी पाएपछि सो रकम हात पार्न कल्लूले आफ्नै साला इसहाकलाई अपहरण गरेको एसपी रानाले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *