Sunday, November 24सत्यम खबर
Shadow

वडाअध्यक्षको मनपरी, व्यक्तिगत रिसिबिले घर तोडेको आरोप

नेपालगन्ज, १३ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का बहुदलकुमार मौर्यले वडा कार्यालयले सडक र नाला विस्तारका नाममा नियम विपरीत काम गरेको आरोप लगाएका छन् ।
नियम विपरीत नाला बनाउँदा आफ्नो घरको अघिल्लो भागमा क्षती पुगेको उनको भनाई रहेको छ । न्यूरोडबाट घरवारीटोल निस्कने उक्त सडक सात मिटर फराकिलो गर्ने सहमति भएपनि वडा कार्यालयले अहिले साढे ८ मिटर सडक फराकिलो बनाइरहेको छ । जसका कारण स्थानीयको धेरै क्षती भएको उनको भनाई छ ।


वडा अध्यक्ष सुनिलसिंह हमालले आफै हस्ताक्षर गरेर गरेको निर्णय आफैले उल्टाएर स्थानीयलाई दुख दिएको मौर्यको आरोप छ ।
नाला बाटो बनाउनु भन्दा अगाडी सम्बन्धित वडाका जनप्रतिनिधि उपमहानगरका प्रतिनिधि, वडाबासी लगायतको सहभागितामा एउटा सहमति कायम गरिएको थियो । जस अन्तर्गत ७ मिटर भित्र नाला, बाटो बनाउने उल्लेख गरिएको भएतापनि वडाअध्यक्षले आफ्नो मनपरी तवरले शनिबारको दिनमा डोजर लगाई मेरो घर अगाडीको पूरै चौतारा तोडी साढे ८ मिटर फराकिलो बाटो बनाउन लागेको आरोप लगाए ।


पीडित मौर्यका अनुसार पिपल चौताराबाट नै साढे ८ मिटरको नाला, बाटो कायम गरी बनाएको भए मलाई कुनै आपत्ति थिएन । तर सो नच्यापी व्यक्तिगत नाक्सापास भएको मेरो जमिनलाई रिसबिले तोडी साढे ८ मिटर नाला बनाउने कार्य गरेको हुँदा मलाई आपत्ति भएको बताउनुभयो ।
मौर्यका अनुसार अदालतमा यस सम्बन्धित मुद्दा बिचाराधिन रहेको र भाद्र १० गते फैसला गरियो तर पुनः लकडाउनले गर्दा फैसला नक्कल ननिकाली अदालतले गरेको फैसलाको अवधा यदि सम्बन्धित जनप्रतिनिधिहरुबाट नै हुन्छ भने आम व्यक्तिको अवस्था कस्तो होला ? भनी प्रश्न गर्नुभयो ।
सम्बन्धित जनप्रतिनिधि र अदालतले समेत ७ मिटर नै कायम गरी सडक र नाला बनाउन आदेश दिइसकेको भएतापनि उक्त आदेशलाई अवेज्ञा गरेर वडाअध्यक्ष हमालले डोजर चलाएर नाला निर्माणको काम गरेको प्रति घरधनी मौर्यले आपत्ती जनाएका छन् । उनले जवरजस्ती नाला निर्माणको नाममा आफ्नो घरमा डोजर चलाएर क्षती पु¥याएको भन्दै कानुनी लडाई लड्ने जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *