Friday, March 13सत्यम खबर
Shadow

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान, १३ भाद्र – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश नम्बर २ सिरहाको भदैया ६ की ८४ वर्षीय वृद्धको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।


उनको राति ११ बजेर २० मिनेटमा निधन भएको हो । भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएकी उनको भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।
‘उनको मिगौलाको समस्या आएपछि डाइलोसिस पनि गरिएको थियो । त्यसपछि उपचारका क्रममा मृत्यु भयो’– प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले भने ।
उनलाई अत्याधिक खोकी लाग्ने, श्वास फेर्न समस्या र ज्वरो आएपछि परिवारले विपी प्रतिष्ठान ल्याएको थियो । प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको कुल संख्या १६ पुगेको पनि प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *