विकासप्रेमी वडाअध्यक्ष हमाललाई व्यापारीद्वारा सम्मान गर्ने तयारी
नेपालगन्ज, २ आश्विन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरटोलको बाटो हेर्दा हामी बाबाआदमको समयमा पुगिसकेको अभाष भएको भन्दा फर्क पर्दैन होला ।फोहोर पानी, हिलो, माटो, फोहोरका थुप्रो बाहेक केही उपलब्ध भएको पाईन्न, कारण एउटै छ यस वडाका विकासप्रेम वडाअध्यक्ष सुनिलसिंह हमाल । उनको योगदानलाई सम्मान गर्ने तयारी घरवारी टोलका ब्यापारीहरुले गरिसकेको ब्यापारी हरि ज्ञवाली बताउनुभयो ।
व्यापारी ज्ञवालीका अनुसार हाम्रो वडाअध्यक्षले अति नै सराहनीय कार्य गर्दै आएका छन् । यस वडामा उनले भनेको सबैथोक कार्य भएको पाईन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायत विकासका काममा समेत वडा नं. २ ले अन्य वडाभन्दा फरक प्रगति देखाएको छ । अब यही कार्यहरुले गर्दा उनलाई व्यापारीहरुबाट समाजमा खडा गरी सम्मान गर्नेछौं भने बताउनुभयो ।
व्यापारी ज्ञवालीले ब्यङग्यात्मक रुपमा कटाक्ष गरिरहेका छन् । यसको समर्थनमा स्थानीय व्या...








