
नेपालगन्ज, २ आश्विन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरटोलको बाटो हेर्दा हामी बाबाआदमको समयमा पुगिसकेको अभाष भएको भन्दा फर्क पर्दैन होला ।
फोहोर पानी, हिलो, माटो, फोहोरका थुप्रो बाहेक केही उपलब्ध भएको पाईन्न, कारण एउटै छ यस वडाका विकासप्रेम वडाअध्यक्ष सुनिलसिंह हमाल । उनको योगदानलाई सम्मान गर्ने तयारी घरवारी टोलका ब्यापारीहरुले गरिसकेको ब्यापारी हरि ज्ञवाली बताउनुभयो ।

व्यापारी ज्ञवालीका अनुसार हाम्रो वडाअध्यक्षले अति नै सराहनीय कार्य गर्दै आएका छन् । यस वडामा उनले भनेको सबैथोक कार्य भएको पाईन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायत विकासका काममा समेत वडा नं. २ ले अन्य वडाभन्दा फरक प्रगति देखाएको छ । अब यही कार्यहरुले गर्दा उनलाई व्यापारीहरुबाट समाजमा खडा गरी सम्मान गर्नेछौं भने बताउनुभयो ।

व्यापारी ज्ञवालीले ब्यङग्यात्मक रुपमा कटाक्ष गरिरहेका छन् । यसको समर्थनमा स्थानीय व्यापारी अजय वर्नवालले विहिबार एउटा पोष्ट सार्वजनिक सञ्चालमा गरेका थिए । उनले बाटोमा भएको फोहोर, माटो, हिलो लगायतको तस्वीर सार्वजनिक सञ्जालमा पोष्ट गरे ।

यस अगावै सोमबार बिहान न्यूरोड पश्चिमदेखि स्टार लजसम्मका व्यापारी र घरबेटी समेत गरी करीब १७–१८ जनाको टोली वडा नं. २ को वडा कार्यालयमा गई वडाअध्यक्ष हमाललाई समस्या समाधानको अनुरोध गरेका थिए ।

विकासप्रेमी वडाअध्यक्ष हमालले समस्या समाधान गर्न बाटो भरी गिलो माटो हाल्न लगाए । सोही गिलो माटोले गर्दा हाल बाटोमा हिड्न समेत सकस भएको स्थानीय बटुवाहरुको भनाई रहेको छ ।
यता विकासप्रेमी वडाअध्यक्ष हमालको पहलमा समस्याको समाधानका लागि बाटोमा माटो पटान गरियो तर त्यो माटो भित्र पुनः मोटरसाईकल, गाडी, ट्याक्टर, साईकल र आम सर्वसाधारण बटुवाहरु बाटो मै फस्ने अवस्थाको श्रृजना भयो । किन भने पानीले भरिएको सडकमा गिलो माटो पो पटान गर्न लगाएका छन् विकासप्रेमी वडाअध्यक्ष हमालले ।
