अपडेटः शनिबार बाँकेमा कोरोनाले थप एकको मृत्यु
नेपालगन्ज, ४ असोज – बाँकेमा शनिबार कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।नेपालगन्ज–२१ का ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार राती ११.३० बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।भाद्र २० गते उनको स्वास्थमा समस्या भएपछि उनी भेरी अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि त्यही दिन दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो ।
भाद्र २१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा उनलाई प्लाजामा थेरेपी, हाईड्रोक्जिन, सिपिएपि बाट उपचार गरिएको र भाद्र २५ गते उनलाई रिमडिसिभर नामक औषधि चलाईएको थियो ।उनको स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा उनलाई शनिबार भेन्टिलेटरमा राखिएको र सबै सम्भव उपचार दिँदा पनि उनको मृत्यु भएको भेरी अस्पताल स्रोतले जनाएको छ । दुबै तिरको फोक्सोमा निमोनिया उनको मृत्यु भएक...








