Monday, June 1सत्यम खबर
Shadow

समाज

शुक्रबारसम्म कोरोना संक्रमित १ लाख माथि, ६ सयको मृत्यु

शुक्रबारसम्म कोरोना संक्रमित १ लाख माथि, ६ सयको मृत्यु

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ असोज – नेपालमा शुक्रबारसम्म कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या १ लाख माथि पुगेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६ सय ७६ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यी सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन् । पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ ।...
अपडेटः बाँकेमा आज ६ महिलासहित २४ जना घर फर्किदै

अपडेटः बाँकेमा आज ६ महिलासहित २४ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ६ महिलासहित २४ जना निको भई घर फर्किने भएका छन् ।असोज ९ गते कोरोना संक्रमित देखिएका उनीहरु आज शुक्रबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा २ हजार २ सय ८९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ७ सय ६२ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय २५ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.९८ रहेको छ भने बिरामी मृत्यु दर ०.९६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३८ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ७ महिलासहित २३ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
कोरोनाबाट एक थप ८५ वर्षिय महिलाको मृत्यु

कोरोनाबाट एक थप ८५ वर्षिय महिलाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बस्ने ८५ वर्षिय थप एक जना महिलाको कोरोना संक्रमित भई मृत्यु भएको छ ।स्वास्थ्य समस्या आएपछि मृत महिलालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगिएको भएपनि त्यहाँ बेड उपलब्ध नभएपछि भेरी अस्पतालमा असोज २१ गते लगिएको थियो भने उपचारकै क्रममा उनको २२ गते राती ९ बजे मृत्यु भएको भेरी अस्पताल स्रोतले जानकारी गराएको छ ।यसअघि ७ महिलासहित २३ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
डा. गोबिन्द के.सीको जीवन रक्षाका लागि बाँकेमा दबाब कार्यक्रम सार्वजनिक

डा. गोबिन्द के.सीको जीवन रक्षाका लागि बाँकेमा दबाब कार्यक्रम सार्वजनिक

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ असोज – सत्याग्राही डा. गोविन्द केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम तय गरिएको छ । विगत लामो समयदेखि अमरण अनसनमा बस्नु भएका डा केसीको माग तथा जिवन रक्षाका लागि सरकारले ठोस कदम नचालेपछि तत्काल सम्बोधन गर्न दबाबका कार्यक्रम तय गरेको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको अगुवाइमा आज विहिबार बसेको बैठकले छलफल गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो । बैठकले भोली असोज २३ गते शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने र कार्यक्रमको जानकारी गराउने, साँझ ५ बजे विपी चोकमा दबाब कार्यक्रम गर्ने । असोज २४ गते शुक्रबार बिहान १० बजेदेखि साँझ ५ः०० बजेमा जिल्ला प्रशासन कार्यालय अगाडी नागरिक समाजको तर्फबाट रिले अनसन (अनिश्चितकालीन) गर्ने तय गरेको छ ।बैठकले केसीको माग पुरा गराउन विश्वजित तिवारीको संयोजकत्वमा दबाब समुह गठन...
विहिबार ४ हजार ३ सय ६४ संक्रमित

विहिबार ४ हजार ३ सय ६४ संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ असोज – बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यी सहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । त्यस्तै यस अवधिमा २ हजार ६ सय ७५ जना कोरोनाबाट निको भएका छन् । यी सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको प्रवक्ता गौतमले बताए ।यस दिन थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।यसैगरी स्वास्थ्य मन्त्रालयद्वारा बढ्दो संक्रमणलाई मध्य नजर गर्दै चाडपर्वमा घर नजिकै रहेको पसलहरुबाट सामानहरु खरिद गरौं, भिडभाड हुने ठाउँमा नजाऔं, घर बाहिर निस्कदा मास्कको प्रयोग गरौं लगायतको जानकारी...
अपडेटः बाँकेमा आज १३ महिलासहित २९ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १३ महिलासहित २९ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १३ महिलासहित २९ जना निको भई घर फर्किने भएका छन् ।असोज ८ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा २ हजार २ सय ३८ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ७ सय ९ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ७४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.३६ रहेको छ भने बिरामी मृत्यु दर ०.९८ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३७ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ६ महिलासहित २२ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
एसपी रानाको सक्रियतामा धमाधम अपराधी पक्राउ गर्दै, दुई महिनापछि अपहरित बालिकाको उद्दार

एसपी रानाको सक्रियतामा धमाधम अपराधी पक्राउ गर्दै, दुई महिनापछि अपहरित बालिकाको उद्दार

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २१ असोज – विभिन्न अपराधमा घटनामा संलग्न भएकाहरुलाई बाँके प्रहरीले पक्राउ गरेको छ । आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी एसपी ओमबहादुर रानाले पक्राउ व्यक्तिहरुको बारेमा जानकारी गराउनुभयो । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा बालिका अपहरण गर्नेदेखि जंगली जनावर मार्नेसम्मका छन् । यसैगरी, दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका–७ का २१ बर्षीय मुकेश यादव, ५५ बर्षीय हरिराम अहिर र बढैयाताल–७ का ३५ बर्षीय अगलेश यादवलाई पक्राउ गरिएको छ ।अगलेश यादव समेतका ब्यक्तिहरु घरमा आई पीडित नाबालिकालाई डर त्रास देखाई अपहरण गरी भारत उत्तर प्रदेश, जिल्ला गौतम बुद्धनगर, थाना बादलपुर, दुजानामा बन्धक बनाई राखेको खुलेको छ । बाँके प्रहरीबाट प्रहरी निरक्षिक हृदेशकुमार सापकोटाको टोलीले भारतीय प्रहर...
इन्चार्ज बिष्णु गिरीको नेतृत्वमा फेरियो सीमानाकाको मुहार

इन्चार्ज बिष्णु गिरीको नेतृत्वमा फेरियो सीमानाकाको मुहार

प्रदेश ५, यता पनि, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ असोज – नेपालगन्ज उपमहानगरपालिकाको जमुनाह नाका चौकीमा यति बेला ठेलमलेठ वा भिडभाड देख्न पाइएको छैन । जमुनाहा चौकी पूर्ण रुपमा सुनसान नै देखिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमी तथा तिहार आउनै लाग्दा समेत भारतबाट आउने नेपालीको संख्या न्यून रहेको पाईन्छ । बरु भारतीयहरु नेपालमा रोजगारी तथा आफ्न्त भेट्न सीमा चौकीबाट आउनेहरुको संख्या बढी नै देखिन्छ । कोभिड–१९, कोरोना भाइरस संक्रमणका कारण लकडाउन अवधिमा रोजगारीका शिलशिलामा रहेका नेपालीहरु धमाधम नेपाल यस अगावै नै आईसकेका रहेका छन् भने अब छिटपुट मात्र आउने क्रम जारी छ ।रोजगारका शिलशिलामा भारत पुगेका नेपालीहरु लकडाउनका कारण ५÷६ महिना अगावै घर फर्कि सकेका छन् । जसका कारण विजयादशमीको मुखमा समेत भारतबाट नेपालीहरु आउने क्रम न्यून भएको जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीले बताउनुभयो । ‘यस बेला दैनिक चार पाँच हजार मानिसहरु...
प्रेसर र सुगरका बिरामीमा आउनसक्ने जोखिम– एन्जाइना र हृदयघात

प्रेसर र सुगरका बिरामीमा आउनसक्ने जोखिम– एन्जाइना र हृदयघात

शिक्षा/स्वास्थ्य, समाज
जमाना इन्टरनेटको छ । कोरोनाले जनजीवन अस्तव्यस्त बनाए तापनि युट्युव, फेसबुक, टिकटक र इन्स्टाग्रामले धेरैलाई व्यस्त नै बनाइराखेका छन् । अहिलेको समयमा सबैको ध्यानाकर्षण कोभिड–१९ तर्फ केन्द्रित भएको छ । यो स्वाभाविक पनि हो । तर हामी अलि बुद्धिमान भएर सोच्ने हो भने कोरोना सँगसँगै प्रेसर र सुगर लगायत अन्य मुटु रोगहरुतर्फ पनि सबैको ध्यान जान आवश्यक देखिन्छ । प्रविनकुमार बम संसार जतिजति विकसित हुँदै गइरहेको छ, उच्च रक्तचाप, मधुमेह (सुगर) र हृदयघात (हार्ट अट्याक) जस्ता घातक रोगहरु मौलाउँदै गइरहेका छन् । यी रोगहरुबाट मृत्यु हुनेको संख्या उकालो लाग्दो क्रममा छ । कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेमा पनि मुटुरोग र मधुमेहका बिरामी बहुसंख्यक छन् ।विश्वमा र नेपालमै पनि सबैभन्दा बढी मृत्युदर बोकेको रोगमा कोरोनरी धमनी रोग पर्छ । अस्वस्थकर खानपिन, आसिन जीवनशैली, मोटोपना, उच्च रक्तचाप र सुगर यो रोगका जो...
अपडेटः बाँकेमा आज ११ महिलासहित ३६ जना घर फर्किदै

अपडेटः बाँकेमा आज ११ महिलासहित ३६ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ११ महिलासहित ३६ जना निको भई घर फर्किने भएका छन् ।असोज ७ गते कोरोना संक्रमित देखिएका उनीहरु आज बुधबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा २ हजार १ सय ८६ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ७ सय ९ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ७४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७८.१८ रहेको छ भने बिरामी मृत्यु दर ०.९६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३६ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ५ महिलासहित २१ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...