Monday, March 9सत्यम खबर
Shadow

प्रेसर र सुगरका बिरामीमा आउनसक्ने जोखिम– एन्जाइना र हृदयघात

जमाना इन्टरनेटको छ । कोरोनाले जनजीवन अस्तव्यस्त बनाए तापनि युट्युव, फेसबुक, टिकटक र इन्स्टाग्रामले धेरैलाई व्यस्त नै बनाइराखेका छन् । अहिलेको समयमा सबैको ध्यानाकर्षण कोभिड–१९ तर्फ केन्द्रित भएको छ । यो स्वाभाविक पनि हो । तर हामी अलि बुद्धिमान भएर सोच्ने हो भने कोरोना सँगसँगै प्रेसर र सुगर लगायत अन्य मुटु रोगहरुतर्फ पनि सबैको ध्यान जान आवश्यक देखिन्छ ।

प्रविनकुमार बम


संसार जतिजति विकसित हुँदै गइरहेको छ, उच्च रक्तचाप, मधुमेह (सुगर) र हृदयघात (हार्ट अट्याक) जस्ता घातक रोगहरु मौलाउँदै गइरहेका छन् । यी रोगहरुबाट मृत्यु हुनेको संख्या उकालो लाग्दो क्रममा छ । कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेमा पनि मुटुरोग र मधुमेहका बिरामी बहुसंख्यक छन् ।
विश्वमा र नेपालमै पनि सबैभन्दा बढी मृत्युदर बोकेको रोगमा कोरोनरी धमनी रोग पर्छ । अस्वस्थकर खानपिन, आसिन जीवनशैली, मोटोपना, उच्च रक्तचाप र सुगर यो रोगका जोखिम कारक हुन् । यस रोग अन्तर्गत एन्जाइना र हृदयघात पर्छन् ।
कोरोनरी धमनी रोग (एन्जाइन र हृदयघात) के हो ?
मुटुका कोष र मांसपेसीहरुमा रगत सम्प्रेषण गर्ने रगत नलीलाई कोरोनरी धमनी भनिन्छ । यदि शरीरमा हानिकारक कलेस्ट्रोल (एलडिएल) को मात्रा बढी भयो र जोखिम कारक पनि बढ्दै गए भने, उक्त अवस्थामा कलेस्ट्रोल (बोसो), क्याल्सियम र सुजन कोषिकाहरु रगत नलीमा गएर जम्मा हुन्छन् र नली साँघुरो पार्छन् ।
जसरी पाइपमा खिया लाग्दा पानीको वहाव कम हुन्छ त्यसैगरी मुटुको रगत नली साँघुरो हुँदा रगत सञ्चालन कम हुन्छ र पछि गएर सञ्चालन नै बन्द हुने स्थिति पनि सिर्जना हुन सक्छ । जसका कारण मुटुका कोष र मांसपेसीहरुले रगत पाउँदैनन् र अक्सिजनको अभाव भएर कोषहरूको मृत्यु हुन्छ। यो अवस्थामा बिरामीलाई छाती दुख्ने, छातीमा भारी वस्तुले थिचेको महसुस हुने, श्वास फेर्न गाह्रो हुने, खलखली पसिना बग्ने वा अचानक बेहोस हुने जस्ता लक्षणहरु देखापर्न थाल्छन्, जसलाई कोरोनरी धमनी रोग भनिन्छ ।
रोगका जोखिम कारक
ड्ड अत्यधिक मात्रामा धूमपान र मध्यपान गर्नु,
ड्ड अस्वस्थकर खानपिन (बोसो भएको मासु, तेलमा तारेका खानेकुरा, वटर,चिज,पनिर, केक लगायत बेकरी आइटम्सको सेवन),
ड्ड शारीरिक व्यायाम र कसरतको कमी,
ड्ड आसिन जीवनशैली र मोटोपना,
ड्ड रगतमा हानिकारक कलेस्ट्रोल (एलडिएल) को मात्रा बढी हुनु,
ड्ड लामो समयसम्म प्रेसर र सुगर नियन्त्रणमा नहुनु,
ड्ड निरन्तर तनाव लिइरहनु, डिप्रेसन हुनु
ड्ड ४० देखि ६० प्रतिशत मानिसमा कोरोनरी धमनी रोग वंशानुगत हुने गरेको पाइएको छ ।
पुरुषमा ३५ देखि ४५ वर्षको उमेरमा मुटु रोगको जोखिम बढ्ने गरेको छ । र ५५ वर्ष पुगेपछि जोखिम दुई गुणाले बढ्ने गर्छ । महिनावारी नरोकिएका माहिलाको सन्दर्भमा भने रोगको जोखिम सोही उमेरका पुरुषभन्दा कम देखिने गरेको विभिन्न अनुसन्धानमा उल्लेख छ । महिलामा हुने “इस्ट्रोजन“ हर्मोनले शरीरमा बोसोको मात्रा सन्तुलनमा राखी एन्जाइना र हृदयघात विरुद्ध रक्षात्मक भूमिका निर्वाह गर्ने गरेको चिकित्सकहरुको भनाइ छ । महिनावारी रोकिसकेपछि चाहिँ महिला वर्गमा पनि मुटु रोगको जोखिम पुरुषमा झैं बढ्ने गर्छ, अझै पुरुषमा भन्दा धेरै जोखिम पनि हुनसक्छ ।
धूमपान एन्जाइना र हृदयघातको एउटा प्रमुख कारक हो । दिनमा कम्तीमा पनि १ खिल्ली चुरोट सेवन गर्ने व्यक्तिमा सामान्य व्यक्तिभन्दा यो रोग लाग्ने सम्भावना दुई गुणा बढी हुन्छ ।
मोटोपना भएका मानिसहरु खासगरी जो लामो समयदेखि प्रेसर र सुगरको सामना गरिरहेका छन्, उनीहरुमा एन्जाइना र हृदयघात हुनसक्ने सम्भावना उच्च भएकाले बेलैमा होसियार हुनपर्ने हुन्छ ।
बिरामीमा देखा पर्ने लक्षण
ड्ड छाती दुख्नु, गह्रौं वस्तुले छाती थिचेको महसुस हुनु,
ड्ड दुखाइ घाँटी, गिजा हुँदै पाखुरातर्फ सर्दै जानु,
ड्ड श्वास फेर्न अप्ठ्यारो हुनु,
ड्ड खलखली पसिना बग्नु,
ड्ड वाकवाकी लाग्नुरबान्ता हुनु,
ड्ड मन्द–मन्द टाउको दुख्नु,
ड्ड मुटुको धड्कन तेज भएको वा घटेको महसुस हुनु,
ड्ड अचानक बेहोस हुनु ।
सुरुवाती अवस्थामा यी लक्षणहरु कसरत गर्दा, तनाव हुँदा, चिसोको सम्पर्कमा आउँदा, धेरै खाना खाँदा वा जीउलाई बल पर्ने खालका कुनै पनि कार्य गर्दा देखिन सक्छन् । जसलाई मेडिकल भाषामा “इस्टेवल एन्जाइना“ भनिन्छ ।
तर, पछि जब रोग बल्झिँदै जान्छ र यसले आक्रामक रुप लिन्छ तब यी लक्षणहरु सामान्य काम गरिरहँदा वा आराम गरिरहेको अवस्थामा समेत देखा पर्न सक्छन् । यो अवस्थालाई “अन–इस्टेवल एन्जाइना“ र “हृदयघात“ (हार्ट अट्याक) भनिन्छ ।
यदि ३५र४० वर्ष उमेर नाघेका, विशेषगरी प्रेसर, सुगर र अन्य मुटु रोग भएका व्यक्तिहरुमा यी लक्षण देखा परेमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ । समयमा उपचार पाएन भने बिरामीको ज्यान पनि जान सक्छ ।
हामीले बेलैमा निम्न लिखित उपायहरु व्यवहारमा उतार्यौं भने हृदयघात लगायत अन्य मुटु रोगहरुको न्यूनीकरण गर्न सक्छौंः
ड्ड धूमपान र मध्यपान त्याग्ने,
ड्ड तौल नियन्त्रणमा राख्न दैनिक कम्तीमा २० मिनेट एरोबिक व्यायाम र कसरत गर्ने जस्तैः जगिङ गर्ने,स्किपिङ गर्ने, पौडी खेल्ने, खेलकुदमा भाग लिने आदि,
ड्ड नियमित मेडिटेसन र योग गर्ने,
ड्ड पोषणयुक्त र सन्तुलित आहार सेवन गर्नेस खासगरी फलफूल, सागपात र तरकारी सेवनमा विशेष जोड दिने,
ड्ड रातो मासु हुने जनावरहरुः खसी–बाख्रा, च्याङ्ग्रा, बँगुरको मासु सक्दो कम सेवन गर्ने । प्रेसर, सुगर र अन्य मुटु रोगका बिरामीले त सेवन नै नगरे पनि हुन्छ,
ड्ड पनिर, वटर, चिज, केक र डुनट जस्ता बेकरी आइटम्स र तेलमा तारेका खानेकुराले शरीरमा हानिकारक एलडिएल कलेस्ट्रोलको मात्रा वृद्धि गर्ने हुँदा यस्ता खानेकुराको सेवन सक्दो कम गर्ने,
ड्ड बादाम (आल्मोन्ड्स), ओखर, काजु र वनस्पति स्रोतका तेलमा मानव शरीरका लागि आवश्यक तेल पाइने हुँदा यिनको सेवन गर्न सकिन्छ,
ड्ड ३५र४० वर्ष नाघेकाहरुले समय–समयमा प्रेसर, सुगर, कलेस्ट्रोल र अन्य स्वास्थ्य परीक्षण गराउने,
ड्ड उच्च रक्तचाप, मधुमेह, उच्च कलेस्ट्रोल र अन्य मुटु रोग भएका बिरामीले चिकित्सकको सल्लाह बमोजिम आफ्नो स्वास्थ्य अवस्था सन्तुलित राख्ने,
हृदय रोग र क्यान्सर लगायत घातक रोगहरु नेपालका लागि चुनौतीको विषय बनेका छन् । हामीसित यी रोग सम्बन्धी तथ्यांकहरुको कमी छ । आवश्यक मात्रामा खोज र अनुसन्धान भएका छैनन् । चेतनामूलक कार्यक्रमहरु न्यून छन् । सरकार, गैरसरकारी संस्था र स्वास्थ्य संगठनले चालेका कदम पर्याप्त छैनन्। गंगालाल हृदय केन्द्र जस्तै मुटु सम्बन्धी सरकारी अस्पतालहरुको स्थापना अत्यावश्यक छ । यसतर्फ बेलैमा राज्यको ध्यान जाओस् ।
(स्रोतः स्वास्थ्यखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *