बाँके प्रहरीको विशेष सुरक्षा योजना
नेपालगन्ज, २५ असोज – जिल्ला प्रहरी कार्यालय बाँकेले आउँदै गरेको विजयादशमी, तिहार, छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालीहरुको ठूलो पर्वको रुपमा मनाईने विजयादशमी, तिहार, छठ जस्तो पर्वलाई लक्षित गरी बाँके जिल्ला भित्र हुन सक्ने अपराध र अपराधिक घटना लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना ल्याएको बाँके प्रमुख प्रमुख ओमबहादुर रानाले बताउनुभयो ।
आईतबार जिल्ला प्रहरी कार्यालयको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरी बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाले १४ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेका छन् ।पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोशाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड प...









