
नेपालगन्ज, २२ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १३ महिलासहित २९ जना निको भई घर फर्किने भएका छन् ।
असोज ८ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

हालसम्म बाँके जिल्लामा २ हजार २ सय ३८ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ७ सय ९ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ७४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.३६ रहेको छ भने बिरामी मृत्यु दर ०.९८ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३७ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ६ महिलासहित २२ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।
