Monday, March 9सत्यम खबर
Shadow

इन्चार्ज बिष्णु गिरीको नेतृत्वमा फेरियो सीमानाकाको मुहार

नेपालगन्ज, २१ असोज – नेपालगन्ज उपमहानगरपालिकाको जमुनाह नाका चौकीमा यति बेला ठेलमलेठ वा भिडभाड देख्न पाइएको छैन । जमुनाहा चौकी पूर्ण रुपमा सुनसान नै देखिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमी तथा तिहार आउनै लाग्दा समेत भारतबाट आउने नेपालीको संख्या न्यून रहेको पाईन्छ ।


बरु भारतीयहरु नेपालमा रोजगारी तथा आफ्न्त भेट्न सीमा चौकीबाट आउनेहरुको संख्या बढी नै देखिन्छ । कोभिड–१९, कोरोना भाइरस संक्रमणका कारण लकडाउन अवधिमा रोजगारीका शिलशिलामा रहेका नेपालीहरु धमाधम नेपाल यस अगावै नै आईसकेका रहेका छन् भने अब छिटपुट मात्र आउने क्रम जारी छ ।
रोजगारका शिलशिलामा भारत पुगेका नेपालीहरु लकडाउनका कारण ५÷६ महिना अगावै घर फर्कि सकेका छन् । जसका कारण विजयादशमीको मुखमा समेत भारतबाट नेपालीहरु आउने क्रम न्यून भएको जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीले बताउनुभयो । ‘यस बेला दैनिक चार पाँच हजार मानिसहरु भित्रिने समय हो’ गिरीले भन्नुभयो– ‘हाल मुस्किलले डेढ–दुई सय नेपालीहरु समेत आउने गरेका छैनन् ।’
बरु जानेहरुको संख्या धेरै रहेको उहाँको भनाइ छ । लामो समयसम्म घरमा बेरोजगार बस्दा दशैं–तिहार मनाउने पैसा अभावले भारत पस्ने क्रम बढेको इन्चार्ज गिरीले बताउनुभयो । नाकामा अहिले खासै सुरक्षा चुनौति पनि छैन् ।
आउने र जाने मानिसहरुको संख्या घटेसँगै सुरक्षा चुनौति पनि कम भएको हो । भारतीय नागरिक भएको आधार कार्ड हुनेहरुलाई आउ–जाउ गर्न दिने गरिएको जानकारी दिँदै उहाँले भारतीय सुरक्षा बल एस.एस.बी. सँगको समन्वय र सहकार्यबाट दुवैतर्फका नागरिकहरुलाई सहज र सरल तरिकाबाट सेवा दिने काम भएको बताउनुभयो । विगतका बर्षहरुमा भारतबाट फर्किने नेपालीहरु सीमा नाकामा लुटिने र ठगिने गरेका समाचारहरु आउने गरेका थिए । तर यस पाली त्यस्तो समस्या छैन् ।
‘लकडाउनका अवधिमा धेरै नेपाली फर्किए, अहिले नेपालीहरु आउने संख्या निकै कम छ’ गिरीले भन्नुभयो– ‘मानिसहरु आउने संख्या नै कम भएपछि लुटपाट र ठगिका घटना स्वभाविक कम भैहाल्छ ।’ सीमाबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि भारतीय एस.एस.बी. सँग प्रभावकारी समन्वय भइरहेको उहाँको भनाइ छ ।


‘एस.एस.बीका अधिकारी निकै सहयोगी र मित्रवत हुनुहुन्छ’ उहाँले भन्नुभयो– ‘नाकाबाट अवैध गतिविधी नियन्त्रणलाई ठप्प पारिएको छ ।’ नाकामा गिरीको नेतृत्वमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरीले चेकजाँचलाई कडाइ गर्दै आएको छ ।
‘समस्या र चुनौति खासै छैन् प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने हो’ उहाँले भन्नुभयो– ‘त्यसका लागि हामी प्रतिबद्ध छौं ।’ गिरीको आगमनसँगै जमुनाहा चौकीको मुहार नै फेरिएको छ । पहिला त्यही चौकीमा लामखुट्ेले बसिनसक्नु हुन्थ्यो ।


झ्यालको सिसा समेत फुटेको थियो । तर गिरीको आगमनसँगै जमुनाहा चौकीमा एसी जडान गरिएको छ । झ्यालहरुमा सिसा लगाइएको छ । झ्यालमा पर्दाहरु लगाइएको छ । चौकीमा सरसफाईसहित चिटिक्क रहेको देख्न पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *