Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः बाँकेमा आज ११ महिलासहित ३६ जना घर फर्किदै

नेपालगन्ज, २१ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ११ महिलासहित ३६ जना निको भई घर फर्किने भएका छन् ।
असोज ७ गते कोरोना संक्रमित देखिएका उनीहरु आज बुधबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


हालसम्म बाँके जिल्लामा २ हजार १ सय ८६ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ७ सय ९ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ७४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७८.१८ रहेको छ भने बिरामी मृत्यु दर ०.९६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३६ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ५ महिलासहित २१ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *