
नेपालगन्ज, २३ असोज – नेपालमा शुक्रबारसम्म कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या १ लाख माथि पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यी सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।
त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन् । पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ ।
