Tuesday, March 10सत्यम खबर
Shadow

डा केसीलाई कुनै पनि बेला हृदयघातको जोखिम : डाक्टर

काठमाण्डौ, २४ असोज – २६ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेको छ ।
उनको मुटुको चाल अनियमित रहेको, धड्कन असन्तुलित रहेको भन्दै चिकित्सकले कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम रहेको औंल्याएका छन् ।


शुक्रबार केसीको उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यले स्वास्थ्य बुलेटिन जारी गरी केसीको स्वास्थ्य अत्यन्तै गम्भीर रहेको जनाएका छन् । उनलाई कुनै पनि बेला इच्छाविपरीत औषधी दिनुपर्ने अवस्था आउने बुलेटिनमा जनाइएको छ ।
यस साथै उनलाई छाती दुख्ने, थकान हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने समस्या छ । उनको दायाँ छातीमा निमोनियाको लक्षण देखिएको छ ।
‘थोरै बोल्दा पनि सास फेर्न गाह्रो हुने समस्या छ । आज करिब १ः१५ बजे सास फेर्न गाह्रो भयो । साधारणतया सामान्य मानिसमा अक्सिजनको मात्रा ९६र९७ देखि १०० प्रतिशत हुनुपर्छ, तर उहाँमा अक्सिजन नलगाइको अवस्थामा ८६र८७ प्रतिशत छ,’ बुलेटिनमा भनिएको छ ।
केसीको रगतमा सेतो रगतको मात्रा अत्यन्तै कम छ । उनको रगतमा सुगरको मात्रा पनि कम छ । रगतमा सोडियम, पोटासियम, क्याल्सियम र फोस्फोरस अत्यन्तै कम रहेका कारण इन्फेक्सन हुने जोखिम बढेको बुलेटिनमा जनाइएको छ ।
छातीको उनको सिटिस्क्यान र एक्सरे गरिएको छ । उनको रक्तचाप घटेर ९०र४०, कहिले ११०र६० हुने गरेको छ ।
उनले आज कुनै पनि परीक्षण गर्न मानेका छैनन्, जसकारण केसीको ज्यान थप जोखिममा रहेको चिकित्सकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *