
खजुरा, २४ असोज – भेरी वातावरणीय विशिष्ट समुह (बि–गु्रप)ले कोरोनाले गर्दा सृजना गरेको समस्यालाई कम गर्नको लागि शुक्रबार खजुरा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहित विभिन्न सामान सहयोग गरेको छ ।

कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले गाउँपालिका र वडा नम्बर ३ का स्थानीयलाई हात धुनका लागी प्रयोग गरिने बाल्टिन र साबुन प्रदान गरेको छ ।
बि–गु्रपले अक्सफामको साझेदारीमा संचालन गरेको ‘स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना’ अन्तर्गत खजुरा गाउँपालिकामा कोरोनाबाट बच्नका लागि सहयोग गर्ने स्वास्थ्य सामाग्री, स्थानीयलाई जनचेतनामा मुलुक कार्यक्रम गर्दै आएको छ ।

शुक्रबा बि–गु्रपका कार्यसमिति सचिव टेक बहादुर पुनले खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक र ३ नम्बर वडा अध्यक्ष कान्तीराम गौतमलाई स्वास्थ्य सामाग्री प्रदान गरे ।
बि–गु्रपले गाउँपालिका र वडा कार्यालयलाई हात धुनका लागि प्रयोग गरिने १ हजार लिटर क्षमताको स्टीलको ट्यांकी दुइ थान, ह्यान्डवास लिक्वीड १ सय ७८ थान, ३२ इन्चको एक थान टेलिभिजन, पाँच लिटर क्षमताको एक थान अटोमेटिक स्यानिटाइजर मेसिन, ३० लिटरको ६ थान जर्किन स्यानिटाइजर, २ सय लिटरको ४० जर्किन हाइडूो क्लोराइड र १६ लिटर क्षमताको एक थान हाइड्रो क्लोराइड स्प्रे ट्यांकी प्रदान गरेको छ ।

कार्यक्रम संयोजक प्रकाश शर्माले लकडाउनका समयमा धेरै विद्यालयलाई क्वारेनटाइनका रुपमा प्रयोग गरेकाले त्यसलाई सुरक्षित गराउनका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको बताए । उनले भने, ‘हामीले दिएका सामाग्रीले विद्यालयका विद्यार्थी मानसिक तनावलाई कम गर्न सहयोग गर्नेछ । क्वारेनटाइनका रुपमा प्रयोग भएका विद्यालय अझै पुर्ण रुपमा सुरक्षित छन भन्न सकिन्न । विद्यार्थीले प्रयोग गर्न अघि त्यसको सरसफाइ र स्वच्छ बनाउन जरुरी छ । त्यसका लागि हामीले दिएका सामाग्रीले थोरै भएपनि सहयोग गर्ने विश्वास लिएका छौं ।’

स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना कार्यक्रम खजुरा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ८ मा संचालन भैरहेको ।
बी–ग्रुपकी जनस्वास्थ्य प्रवद्र्धन अधिकृत दुर्गा पन्थीले अहिलेको संकटपुर्ण समयमा समस्यामा परेको गर्भवती, विपन्न वर्ग र समस्यामा परेको मानिसलाई सहयोग गर्ने लक्ष्यले कार्यक्रम संचालन भैरहेको बताइन ।
