Monday, May 4सत्यम खबर
Shadow

कोरोनाबाट थप २ जनाको मृत्यु

नेपालगन्ज, २५ असोज – नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं. ८ निवासी ७१ वर्षीया महिलाको गए राती शनिबार मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राती ९ः५५ बजे मृत्यु भएको थियो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे अर्की महिलाको पनि ज्यान गयो ।


श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो
दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृति अनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जनाउनुभयो ।
यो सहित बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ छ ।
बाँकेको भेरी अस्पतालमा र शिक्षण अस्पताल कोहलपुरमा गरी २२ संक्रमित सिकिस्त अवस्थामा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *