Monday, June 1सत्यम खबर
Shadow

समाज

अपडेटः बाँकेमा आज १२ महिलासहित ६४ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १२ महिलासहित ६४ जना निको भई घर फर्किने भएका छन् ।असोज १५ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा २ हजार ५ सय ५४ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ९ सय ६३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय ८६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.८६ रहेको छ भने बिरामी मृत्यु दर १.०२ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.४२ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि जिल्ला भित्र २७ जना र जिल्ला बाहिर १२ सहित जम्मा ३९ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ असोज – बाँकेमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । बुधबार राती उपचार कै क्रममा भेरी अस्पताल नेपालगन्जमा जानकी गाउँपालिका वडा नम्बर ६, प्रजातिपुरका ६५ बर्षिय एक पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जानकी गाउँपालिका वडा नम्बर ६, प्रजातिपुरका कोरोना संक्रमित ६५ बर्षिय एक पुरुषको बुधबार राती १० बजे उपचार कै क्रममा भेरी अस्पतालमा मृत्यु भएको बताए ।मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज १० गते बेलुका ७ः३० बजे उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा असोज २६ गते स्वाब संकलन गरिएको र २७ गते मृतक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनलाई भेरी अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको...
अपडेटः देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि

अपडेटः देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ असोज – मंगलबार कोरोनाका नयाँ ३ हजार ५ सय ५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको उनले बताए । यस दिन कोरोनाबाट १ हजार ५ सय ३ निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको छ । मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।...
कुष्ठरोगका विरामीलाई जुत्ता वितरण

कुष्ठरोगका विरामीलाई जुत्ता वितरण

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २७ असोज – बाँके डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका बिरामीहरुलाई जुत्ता वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाले आज मंगलबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अन्र्तगत रहेका २९ जना कुष्ठरोगीलाई जुत्ता वितरण गरेको हो । जुत्ता वितरण गर्दै गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘रोग सबैलाई लाग्न सक्छ, तर त्यसलाई लुकाएमा ज्यान जान सक्छ, स्वास्थ्य समस्याका बारेमा खुलेर प्रस्तुत हुनपर्छ, भन्नुभयो ।’ उहाँले गाउँपालिकाका नागरिकलाई स्वास्थ्य समस्या आउन नदिनका लागि गुणस्तरिय निशुल्क स्वास्थ्य सेवासंगै निशुल्क प्रयोगशालाको व्यवस्थापन गरेको भन्दै जटिल समस्या बाहेक सम्पुर्ण रोगको उपचार तथा औषधी वितरण गाउँपालिकास्तरमा हुने गरेको बताउनुभयो । विरामीलाई हिड्डुल ...
उपमेयर उमा थापामगरलाई कोरोना संक्रमण

उपमेयर उमा थापामगरलाई कोरोना संक्रमण

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ असोज – नेपालगन्ज उपमहानगरपालिकाका उप–मेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी दिईन । ‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने र घाँटी दुखिरहेको थियो, बिचमा २ पटक जाँच गराएँ नतिजा नेगेटिभ आएको थियो’ उनले भनिन, तर रुघाखोकी निको नभएपछि डाक्टरको सल्लाह अनुसार आईतबार पुनः स्वाब दिएको र आज मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उनले बताईन् ।उपमेयर थापामगरले आफू अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै होम आइसोलेसन मै बसेको जानकारी गराइन् । उनले निकट केही दिन यता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सुरक्षितका साथ घर मै बस्न र केही लक्षण चिन्ह देखिए कोरोना जाँच गराउनका लागि आग्रह गरेकी छिन ।उपमेयर थापामगर बाँकेमा शुरु देखि नै भ...
अपडेटः बाँकेमा आज १३ महिलासहित २६ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १३ महिलासहित २६ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १३ महिलासहित २६ जना निको भई घर फर्किने भएका छन् ।असोज १३ गते कोरोना संक्रमित देखिएका उनीहरु आज मंगलबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।हालसम्म बाँके जिल्लामा २ हजार ४ सय ४० जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ८ सय ७३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय ६२ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.७६ रहेको छ भने बिरामी मृत्यु दर १.०७ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.४१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि जिल्ला भित्र २६ जना र जिल्ला बाहिर १२ महिलासहित ३८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
आईसोलेसन निर्माण कार्यमा तिब्रता

आईसोलेसन निर्माण कार्यमा तिब्रता

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ असोज – भेरी अस्पतालमा थप ७५ बेडसहितको आइशोलेशन निर्माण कार्य तीब्र बनाईएको छ । भेरी अस्पतालमा अक्सीजन सुविधासहित ७२ बेडको कोरोना विशेष अष्पताल सञ्चालनमा ल्याइए पनि लक्षणसहितका गम्भीर बिरामीहरुको संख्या बढ्दै गएपछि सम्वाद समूह बाँकले थप आइशोलेशनको आवश्यक्ताका सन्दर्भमा सम्वाद सहजीकरण गरेको छ ।कोरोना (कोभिड–१९) संक्रमितको सहज र प्रभावकारी उपचारका लागि सम्वाद समूह बाँकले गत ११ गते सरोकारवालासँग अन्तर सम्वाद गरेपछि आईसोलेशन निर्माण, व्यवस्थापनको तदारुकता बढाइएको छ । अहिले भेन्टीलेटरसहितको सुविधायुक्त आईसोलेशन निर्माण कार्य भइरहेको छ । एक हप्ता भित्रै आवश्यक संरचना निर्माण गर्ने तयारी गरिएपनि स्टोर गरिएका सर सामान व्यवस्थापन गर्नेदेखि प्राविधीकीय तयारी पुरा गर्दा अझैं केही समय लाग्ने भेरी अस्पतालका कोरोना विशेष संयोजक डा.श्याम सुन्दर यादवले जानकारी दिनुभयो । नेपालगन्ज उपमहा...
अपडेटः हालसम्म जिल्ला भित्र र बाहिर गरी जम्मा ३८ को मृत्यु

अपडेटः हालसम्म जिल्ला भित्र र बाहिर गरी जम्मा ३८ को मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ असोज – बाँकेमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ सय नाघ्दा डिस्चार्ज हुनेको संख्या साढे १८ सय नजिक पुगेको छ । सोमवार थप ३८ जना डिस्चार्ज भएसँगै भाइरस संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ ।आईतबार ३६ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ५ पुगेको थियो । पछिल्लो समयमा बाँके जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भइरहेको छ । लकडाउन खुलेसँगै बाँकेमा संक्रमितको सँख्या बढेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आईतबार बाँकेका विभिन्न स्थानका १७ महिला र १९ पुरुष गरी ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।फोकल पर्सन श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ग...
नगरमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी

नगरमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ असोज – प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगन्ज उप–महानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापन बारे परामर्श सुरु गरेको छ ।नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा आईतबार राजनीतिक दलका प्रतिनिधी, शिक्षाविद, समाजसेवी, नागरिक समाजका अगुवा लगायतसँग कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरिएको छ । सो छलफलबाट मव क्याम्पस नेपालगन्जका सहप्राध्यापक तथा अधिकारकर्मी रविन्द्र कर्णको संयोजकत्वमा छात्रा कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन गरि प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । सो अवसरमा नगर प्रमुख राणाले सञ्चालनका सम्बन्धमा विभिन्न प्रस्ताव आएको बताउँदै छात्रा कलेज उपमहानगरपालिका आफैले सञ्चालन गर्ने बताउनुभयो । अहिले पनि नेपालगन्जमा ठुलो संख्यामा छात्राहरु उच्च शिक्षा पाउनबाट बञ्चित भएको अवस्था छ, नगर प्रमुख ...
अपटेडः देशभर २ हजार ७१ जना कोरोना संक्रमित

अपटेडः देशभर २ हजार ७१ जना कोरोना संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ असोज – पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना संक्रमित थपिएको जानकारी गराउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १ हजार १ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले गराउनु भएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।हालसम्म नेपालमा ११ लाख ७६ हजार ९ सय ८४ जनाको पिसिआर परीक्षण गरिएको उहाँले जानकारी गराउनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ जना पुगेको छ । आज ३१ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेका छन्...