Monday, March 9सत्यम खबर
Shadow

डा. गोबिन्दको जीवन रक्षाका लागि नागरिक समाज बाँकेद्वारा अनशन शुरु

नेपालगन्ज, २४, असोज – ‘सत्याग्राही डा. गोबिन्द के.सी.को जीवन रक्षा तथा उहाँले उठाएका ६ बूँदे जायज माग तत्काल पुरा गर’ भन्ने नारा साथ नागरिक समाज बाँकेद्वारा रिले अनसन गरिएको छ ।


डा. गोबिन्दको जीवन रक्षाका लागि नागरिक समाज समाज बाँकेद्वारा शनिबारदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन शुरु गरिएको छ ।
नागरिक समाजका अगुवाहरुको भनाई अनुसार डा. गोबिन्द के.सी.को जायज माग तत्काल सरकारले सम्बोधन नगरुनजेलसम्म हाम्रो अनशन जारी रहने बताएका छन् ।

रिले अनशनमा अधिवक्ता विश्वजीत तिवारी, बलबहादुर चन्द, कानुन लेखपढी व्यवसायी संघका जगदम्बा पाठक, व्यापारी ललित रौनियार पत्रकार एवम् आरटीआईका कोहलपुरको जयसिंह केसी, मानव अधिकार तथा शान्ति समितिकी कृष्णादेवी पान्डे लगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *