Monday, May 4सत्यम खबर
Shadow

अपडेटः बाँकेमा आज ५ महिलासहित १५ जना घर फर्किदै

नेपालगन्ज, २५ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ५ महिलासहित १६ जना निको भई घर फर्किने भएका छन् ।
असोज ११ गते कोरोना संक्रमित देखिएका उनीहरु आज आईतबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
हालसम्म बाँके जिल्लामा २ हजार ३ सय ६९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ८ सय ९ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय ५४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।


उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.३६ रहेको छ भने बिरामी मृत्यु दर १.१० प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३९ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ८ महिलासहित २६ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *