Monday, June 1सत्यम खबर
Shadow

समाज

‘शवले खोक्दैन, ह्याछ्युँ गर्दैन, त्यसैले मास्क लगाउने, परिवारले आफैं अन्त्येष्टि गर्ने’

‘शवले खोक्दैन, ह्याछ्युँ गर्दैन, त्यसैले मास्क लगाउने, परिवारले आफैं अन्त्येष्टि गर्ने’

शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ४ कार्तिक – सरकारले कोरोना संक्रमितको शव परिवारले नै अन्त्येष्टि गर्ने गरी मापदण्ड परिमार्जन गरेसँगै संक्रमणको जोखिममाथि प्रश्न उठेको छ । यसअघि मृत्यु भएका संक्रमितको शव नेपाली सेनाको टोलीले विशेष सतर्कताका साथ व्यवस्थापन गर्दै आएको थियो ।तर पछिल्लो समय धेरै संक्रमितहरूको मृत्यु हुन थालेपछि शव व्यवस्थापनमा कठिनाइ भएको भन्दै स्वास्थ्य मन्त्रालयले परिवारले नै शवको अन्त्येष्टि गर्ने गरी मापदण्ड संशोधन गरेको हो ।कतिपय विज्ञहरूले भने सरकारले परिवारलाई नै संक्रमितको शव अन्त्येष्टि गर्न दिँदा त्यसबाट थप संक्रमण फैलिने जोखिम रहेको चेतावनी दिएका छन् । फाईल फोटो कोरोना संक्रमित कै उपचारमा खटिएका एक विज्ञ भन्छन्, ‘जोखिम नहुने भए यत्रो महिनासम्म किन सेनालाई खटाउनु पर्थ्यो ? शवलाई छुन समेत दिइँदैनथ्यो । पहिले सर्ने अहिले नसर्ने भन्ने हुँदैन न नि !’टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. ...
समाचारको प्रभावः गौमाताको जीवन रक्षा !

समाचारको प्रभावः गौमाताको जीवन रक्षा !

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका बुलबुलिया गाउँ वडा नं. ३ बाट घर निकाला गरिएकी गौमाताको जीवन रक्षा विनायक एग्रीकल्चर एकेडमीका सञ्चालक सुबोध बर्मा र गुरुकुल एजुकेशन एकेडमीका प्रिन्सिपल दानबहादुर रावल लगायतको टोलीले गरेको छ ।उक्त गौमाता वडा नं. ३ बुलबुलिया गाउँ बस्ने जाकिर खाँको रहेको थियो । गौमाता अस्वास्थ्य हुँदा उहाँले घर निकाला गरिदिएका थिए । उक्त गौमाता समशान घाट नजिक रहेको तरकारी मण्डीको उक खाल्डोमा मरासन्न हुने अवस्थामा थिईन् । हाल गौमाताको उपचार बुलबुलिया स्थित शिव मन्दिरमा राखी टोलीले स्याहारसुसार र उपचार गरिरहेको छ ।दुई दिन अगाडी सत्यम खबर अनलाईनमा गौमाता जीवन रक्षा शिर्षक सम्बन्धी समाचार प्रकाशनमा आएपछि उक्त उद्दार टोलीद्वारा गौमाताको जीवन रक्षा गरिएको छ ।...

बाँके प्रहरीद्वारा मठमन्दिर सरसफाई (फोटोफिचरसहित)

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ कार्तिक – बाँके प्रहरीले नजिकिंदै गरेका नेपालीहरुको चाडपर्वहरु दशैं, तिहार तथा छठ पर्वहरुको अवसरमा नेपालगन्जमा रहेका धार्मिक स्थल मठमन्दिरहरुको सरसफाइ अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत आज सोमबार नेपालगन्ज २, मा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिरको परिसर वरिपरि सरसफाइ गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले आज सोमबार बिहान बागेश्वरी मन्दिर वरिपरि सरसफाइ गरेको छ । बाँके प्रहरीले निजिकिदै गरेका चाडपर्वलाई मध्येनजर गर्दै हुनसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्नका लागि जिल्लामा विभिन्न १४ बुँदे विशेष सुरक्षा योजनालाई पनि सँगसँगै अगाडी बढाएको छ ।प्रहरीले सामाजिक कार्य अन्तर्गत आजबाट मठ मन्दिरहरुको सरसफाइ सुरुवात गरेको जनाएको छ ।...
अपडेटः ३१ महिलासहित ७० जना कोरोना मुक्त भई घर फर्किदै

अपडेटः ३१ महिलासहित ७० जना कोरोना मुक्त भई घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ कार्तिक – सोमबार बाँकेका थप ७० जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन् ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार नेपालगन्ज १ का २ बर्षिय बालकसहित बाँकेका ३१ महिला र ३९ पुरुष गरी ७० जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनीहरुलाई असोज १९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार १ सय ९ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १७ सहित ५ सय ७० जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ६ सय ९१ रहेको छ भने २९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।...
अपडेटः देशभर थप २ हजार ९ सय ४२ जना कोरोना संक्रमित

अपडेटः देशभर थप २ हजार ९ सय ४२ जना कोरोना संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ कार्तिक – देशभर आईतबार थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन् । योसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । यसैगरी यस अवधिमा २ हजार ३ सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।थप १२ जनाको कारोनाबाट मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको छ ।...
गौ माताको दुर्दशा !

गौ माताको दुर्दशा !

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
अजयकुमार गुप्तानेपालगन्ज, २ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ बुलबुलिया गाउँमा गौ माताको दुर्दशा गरिएको छ । बुलबुलिया गाउँमा करीब ९ दिनदेखि एक गौमाता अस्वस्थ्य रही बेवारिसे अवस्थामा खाल्डोमा परी जीवन मृत्युसँग संघर्ष गरिरहेकी छिन् । उक्त गौमाता बुलबुलिया गाउँ बस्ने एक जना जाकिर खाँ नामको व्यक्तिको रहेको बुझिएको छ । गर्भावस्थामा रहेकी उक्त गौमाताको पछाडिको बायाँ खुट्टा भाँचिएको अवस्थामा छ । गौमाता शारीरिक रुपमा अस्वास्थ्य बने पनि गाईको मालिक जाकिर खाँले उनीलाई घर निकासा गरेका छन् । सो गौमाता २ दिन अगाडी सम्म किशुनलाल यादवको चिसा पसलको छेउमा परेकी थिईन अहिले गौमाता बुलबुलिया स्थित तरकारी मण्डीको नजिक रहेको खाल्डोमा परेकी छिन् । गौमाता जीवन मृत्यु सँग संघर्ष गरिरहेकी छिन् । यसको जानकारी वडा नं. १३ का वडाअध्यक्ष वीरेन्द्र शाह र वडा सदस्य सत्यनारायण यादवसम्म लाई छ तर गौम...
अपटेड : बाहिरी जिल्लाबाट बाँके जिल्लामा आई ज्यान गुमाउनेको संख्या १४

अपटेड : बाहिरी जिल्लाबाट बाँके जिल्लामा आई ज्यान गुमाउनेको संख्या १४

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ कार्तिक – बर्दियाका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको छ ।आईतवार बिहान उपचार कै क्रममा भेरी अस्पताल नेपालगन्जमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ बर्दियाका ४२ बर्षिय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ बर्दियाका ४२ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचार कै क्रममा आईतबार बिहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज १४ गते उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा असोज १५ गते स्वाब संकलन गरिएको र १६ गते मृतक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनलाई अस्पतालको ...
कोरोना माथि आस्था भारी, माताको जयकाराले गुंजियो नेपालगन्ज

कोरोना माथि आस्था भारी, माताको जयकाराले गुंजियो नेपालगन्ज

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ कार्तिक – नेपालगन्जको सुप्रसिद्ध शक्तिपीठ माता बागेश्वरी मंदिर रहेको यस नगर लगायत गाउँ गाउँमा शारदीय नवरात्रको रमझम शुरु भएको छ ।कोरोना कहरको बावजूद पनि श्रद्धालुहरुको जमघट भएको देख्न सकिन्छ । माता बागेश्वरीको पावन दर्शन गर्नका लागि बिहानैदेखि श्रद्धालु लामबद्ध बस्न शुरू गरेका थिए । यस अवसरमा बाँके, नेपालगन्ज क्षेत्र माता बागेश्वरीको जयकाराले से गूंजिएको छ । श्रद्धालुहरुको आस्थाको केन्द्र माता दुर्गाको विभिन्न पण्डाल शारदीय नवरात्रको लागि विशेष रूपले रंगबिरंगी फूलहरुले बिजुलीबत्तीले सजाइएको छ । घटस्थापनाको दिन विभिन्न स्थानहरुबाट बागेश्वरी मन्दिर पुगेका श्रद्धालुहरुको भारी भीड देखियो । शक्ति पीठमा सुरक्षाको पुख्ता प्रबन्ध गरिएको छ । बाँके जिल्लामा शारदीय नवरात्रको रमझम शनिबारबाट शुभारम्भ भएको छ । कोरोनाले गर्दा चैत नवरात्र हुन पाएको थिएन । यो कोरोना कालको बीच पहि...
नमस्कार शाहको ‘खबरदारी’

नमस्कार शाहको ‘खबरदारी’

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – भ्रष्टाचार बिरुद्धको अभियान्ता नमस्कार शाहद्धारा लिखित ‘खबरदारी’को बिमोचन गरिएको छ । भ्रष्टाचारबिरुद्ध १९ वर्षदेखि सक्रिय शाहको दोस्रो पुस्तक शनिबार एक समारोहबीच बिमोचन गरिएको हो । भ्रष्टाचार बिरोधी अभियान्ता केदार खड्काले भ्रष्टाचारका कुरालाई पुस्तकमा ल्याउन सफल भएको कार्यप्रति लेखक शाहलाई उहाँले शुभकामना दिनुभयो । उहाँले नेपालमा भ्रष्टाचारको भूकम्प आउन आवश्यक भएको बताउनुभयो । नेपालमा पछिल्लो समय भ्रष्टाचार तिब्र गतिमा बढिरहेकाले यसबिरुद्धको भूकम्प आउन आवश्यक रहेकोमा खडकाले जोड दिनुभयो ।पुस्तकलाई नेपालगन्जका मेयर डा.धवल शम्शेर राणा, भ्रष्टाचार बिरुद्धका अभियान्ता केदार खड्का, बरिष्ठ पत्रकार पूर्णलाल चुके, साहित्यकार एंव लेखक किरण आचार्य, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतले सामुहिक रुपमा बिमोचन गर्नुभएको थियो ।बिमोचन पश्चात ब...
अपडेटः देशभर ३ हजार १ सय ६७ जना संक्रमित थपिए

अपडेटः देशभर ३ हजार १ सय ६७ जना संक्रमित थपिए

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – शनिबार कोरोना भाइरसका थप तीन हजार एक सय ६७ जना नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । शनिबार निको भएर १ हजार ८ सय जना घर फर्किए भने १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा एक लाख २९ हजार३ सय ४ जनामा कोरोना भाइरस देखिएको छ ।यीमध्ये ८९ हजार आठ सय ४० जना निको भइसकेका हुन् । अहिलेसम्म नेपालमा कोरोनाबाट सात सय २७ को मृत्यु भइसकेको छ ।...