Monday, April 27सत्यम खबर
Shadow

कोरोना माथि आस्था भारी, माताको जयकाराले गुंजियो नेपालगन्ज

नेपालगन्ज, २ कार्तिक – नेपालगन्जको सुप्रसिद्ध शक्तिपीठ माता बागेश्वरी मंदिर रहेको यस नगर लगायत गाउँ गाउँमा शारदीय नवरात्रको रमझम शुरु भएको छ ।
कोरोना कहरको बावजूद पनि श्रद्धालुहरुको जमघट भएको देख्न सकिन्छ । माता बागेश्वरीको पावन दर्शन गर्नका लागि बिहानैदेखि श्रद्धालु लामबद्ध बस्न शुरू गरेका थिए । यस अवसरमा बाँके, नेपालगन्ज क्षेत्र माता बागेश्वरीको जयकाराले से गूंजिएको छ ।


श्रद्धालुहरुको आस्थाको केन्द्र माता दुर्गाको विभिन्न पण्डाल शारदीय नवरात्रको लागि विशेष रूपले रंगबिरंगी फूलहरुले बिजुलीबत्तीले सजाइएको छ । घटस्थापनाको दिन विभिन्न स्थानहरुबाट बागेश्वरी मन्दिर पुगेका श्रद्धालुहरुको भारी भीड देखियो । शक्ति पीठमा सुरक्षाको पुख्ता प्रबन्ध गरिएको छ ।


बाँके जिल्लामा शारदीय नवरात्रको रमझम शनिबारबाट शुभारम्भ भएको छ । कोरोनाले गर्दा चैत नवरात्र हुन पाएको थिएन । यो कोरोना कालको बीच पहिलो नवरात्र मनाइदैछ । जसले गर्दा प्रशासनले कोविड–१९ को सुरक्षा नियमपालना गराउन सुचना नै जारी गरेको छ ।


घटस्थापनाको दिनदेखि विजयादश्मी वा मुर्ति विसर्जन सम्म लाखौं श्रद्धालू सहभागी हुने गरेका छन् । मन्दिर परिसरको साफ सफाइ गरिएको छ । मन्दिरलाई रंगबिरंगी फूलले साज सज्जा गरिएको छ । प्रशासनले श्रद्धालुहरुको सुविधाको लागि सरकारद्वारा जारी गरिएको स्वास्थ्य सेवा सम्बन्धी नियमानुसारको व्यवस्था गरिएको छ ।


नवरात्रको समयमा मन्दिर परिसर क्षेत्रमा वा बाँके जिल्ला भरि सुरक्षा व्यवस्था सुस्त दुरुस्त गरिएको तथा आवश्यकता अनुसार प्रहरी परिचालन गरिएको छ । यससँग सम्बन्धित सम्पूर्ण व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्ण निगरानी राखिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *