Monday, June 1सत्यम खबर
Shadow

समाज

अपटेड: विहिवार थप २४ महिलासहित ६० जनामा काेराेना पुष्टी

अपटेड: विहिवार थप २४ महिलासहित ६० जनामा काेराेना पुष्टी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ कार्तिक - भेरी अस्पताल नेपालगन्जमा साँझ ७ बजेसम्ममकाे रिपाेर्ट अनुसार २४ महिलासहित ६० जनामा काेराेना संक्रमण पुष्ट भएकाे छ । कोरोना परिक्षणमा बिहिबार ६० जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरीएको परिक्षणमा २४ महिला ३६ पुरूष गरि जम्मा ६० जनामा भाईरस संक्रमण देखिएको जारी नाेटमा उल्लेख गरीएको छ । भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ६ सय ९ जनाको नमुना परिक्षण गरीएकोमा ३ हजार ३ सय ९४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।...
अपडेटः कोरोना मुक्त भई १५ महिलासहित ५१ जना घर फर्किंदै

अपडेटः कोरोना मुक्त भई १५ महिलासहित ५१ जना घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भएर १५ महिला र ३६ पुरुष गरी आज (बिहिबार) ५१ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज बिहिबार संक्रमण मुक्त भएका ५१ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या २ हजार २ सय ७८ पुगेको बताउनुभयो । फाईल फोटो बिहिबारसम्म बाँकेका दुई हजार २ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ८०.१८ प्रतिशत रहेको छ ।जिल्लामा कुल संक्रमितको संख्या २ हजार ८ सय ४१ पुग्दा मृत्यु हुनेको संख्या २९ रहेको छ भने ५ सय ५१ जनाको विभिन्न आईसोलेशन सेन्टरमा उपचार भईरहेको छ ।...
स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उदघाटन

स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उदघाटन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ५ कार्तिक – बाँके डुडुवा गाउँपालिका वडा नंं. ४ मा आधारभुत सामाुदायिक स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको बुधबार एक कार्यक्रमका विच उद्घाटन गर्दै गाउँपालिकामा स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर सबैलाई पायक पर्नेगरि स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले गाउँपालिका अन्र्तगत रहेका दुरदराज तथा पछाडी परेका र टाढा हुने सेवाग्राहीका लागि गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सहजताका लागि अझै पनि दुई स्थानमा स्वास्थ्य इकाई स्थापना गर्न लागेको बताउनुभयो । अध्यक्ष चौधरीले स्वास्थ्य केन्द्रमार्फत नागरिकहरुलाई सम्पुर्ण निशुल्क उपचारको व्यवस्था गरेको हुनाले सेवाका बारेमा जनगुुनासो तथा सरसल्लाह समेत दिन सेवाग्राहीलाई आग्रह गर्नुभयो । गाउँपालिकाको १, २, ३, ५ र ६ नंं वडामा ...
अपटेडः देशभर हालसम्म कै धेरै कोरोना संक्रमित ५ हजार ७ सय ४३ जना

अपटेडः देशभर हालसम्म कै धेरै कोरोना संक्रमित ५ हजार ७ सय ४३ जना

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएको यो संख्या अहिलेसम्म कै उच्च हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । योसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । त्यस्तै यस अवधिमा २ हजार ९ सय ९६ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।पछिल्लो २४ घण्टामा २० हजार बढीको पिसिआर परीक्षण गरिएको हो ।...
अपटेडः कोरोना संक्रमणबाट ७० वर्षिय बृद्धको मृत्यु

अपटेडः कोरोना संक्रमणबाट ७० वर्षिय बृद्धको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – कोरोना भाइरस संक्रमणबाट बुधबार बर्दियाका ७० बर्षिय एक वृद्ध पुरुषको मृत्यु भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका अनुसार कोरोना संक्रमणका कारण बारबर्दिया नगरपालिका वडा नं. ७ का ७० बर्षिय एक पुरुषको बुधबार बिहान निधन भएको छ ।मृतक व्यक्तिको शरीरमा कमजोरी तथा स्वासप्रस्वासको समस्या देखिएपछि उपचारका लागि असोज २५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।कोरोनाको आशंकामा २५ गते नै स्वाब संकलन गरी गरिएको परिक्षणमा उनलाई २६ गते कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाले जनाएको छ । फाईल फोटो कोरोना पुष्टि भएपछि गरिएको उपचारमा उनको स्वास्थ्य अवस्था सामान्य भएको थियो । उपचार पश्चात् स्वास्थ्य अवस्था सामान्य भएपछि परिवारका सदस्यको आग्रहमा कात्तिक २ गते होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको थियो ।उनको स...
अपटेडः कोरोना संक्रमणबाट थप एकको मृत्यु

अपटेडः कोरोना संक्रमणबाट थप एकको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – कोरोना भाइरस संक्रमणबाट कञ्चनपुरका युवाका कोहलपुरमा मृत्यु भएको छ ।बेलाडी–५ कञ्चनपुरका २४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाव संकलन गरिएको थियो । त्यसै दिन उनको रिपोर्ट पोजेभिट आएको अस्पताल स्रोतले जनाएको छ ।कोरोना पोजेटिभ पछि ती युवाको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि मंगलबार बेलुका साढे ७ बजे मृत्यु भएको केन्द्रले जनाएको छ ।योसगैं उपचारका लागि बाहिरी जिल्लाबाट आएका १५ जनाको बाँकेमा मृत्यु भएको छ भने बाँकेका २९ जनाको मृत्यु भईसकेको छ ।...
अपडेटः आज ५२ जना कोरोना मुक्त भई घर फर्किंदै

अपडेटः आज ५२ जना कोरोना मुक्त भई घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – बाँकेमा एकैदिन ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार एकै दिन ५२ जना संक्रमण मुक्त हुँदै घर फर्किदै छन् । डिस्चार्ज हुनेमा ८३ वर्षिय बृद्धदेखी ४ वर्षिय बालिका समेत रहेका छन् । यसअघि हिजो (मंगलबार) बाँकेमा आजसम्म कै ठुलो संख्यामा कोरोना संक्रमित थपिएका थिए ।एकैदिन ७४ जना संक्रमित थपिदा बाँकेमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३ पुगेको छ भने आज डिस्चार्ज भएका ५२ जना सहित बाँकेमा कोरोना मुक्त हुनेको संख्या २ हजार २ सय २७ पुगेको बाँकेका कोरोना फोलक पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।...
बर्दियाका कोरोना अतिप्रभावित र विपन्न ८ सय ८८ परिवारलाई युनेस्कोद्धारा सहयोग

बर्दियाका कोरोना अतिप्रभावित र विपन्न ८ सय ८८ परिवारलाई युनेस्कोद्धारा सहयोग

आर्थिक, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – कोभिड १९ महामारीले गर्दा बर्दिया जिल्लाको दुईवटा नगरपालिकाका अतिप्रभावित र अतिविपन्न ८ सय ८८ घर परिवारलाई बाँके युनेस्को क्लबले विभिन्न सहयोग प्रदान गरेको छ ।बेलायत सरकार सहायता नियोग डीएफआइडीको आर्थिक सहयोग र मर्सि कोर तथा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकाकामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रमबाट ८ सय ८८ घरपरिवारलाई सहयोग गरिएको हो । कोभिड १९ का कारण अत्याधिक प्रभावित भै समस्यामा परेका अतिविपन्न परिवारलाई आधारभूत खाद्य र अन्य आवश्यकताका लागि प्रति परिवार १३ हजार पाँचसय बराबरको सहयोग गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले सो कार्यक्रम राजापुर नगरपालिकाको वडा नम्बर ४ र १० तथा बारबर्दिया नगरपालिकाको वडा नम्बर १ र १० मा सञ्चालन गरेर वडा कार्याल...
अपडेटः बाँकेका ४८ जनामा कोरोना पुष्टि

अपडेटः बाँकेका ४८ जनामा कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ कार्तिक, भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परिक्षणमा ठुलो संख्यामा संक्रमितहरु भेटिएका छन् ।भेरी अस्पतालले मंगलबार बेलुका ५ बजे जारी गरेको विवरण अनुसार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा धेरै बाँकेका रहेका छन् ।पछिल्लो २४ घण्टामा ३ सय १७ जनाको स्वाव परिक्षण गर्दा बाँकेका ४८ र विभिन्न जिल्लाका २४ जनामा संक्रमण देखिएको हो ।भेरी अस्पतालमा हालसम्म ४५ हजार ४ सय १८ जनाको कोरोना परिक्षण गरिएकोमा मंगलबार ७२ जना थपिएसँगै ३ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको अस्पताल प्रशासनले जनाएको छ ।...
आजबाट क्वीक रेस्पोन्स टीम परिचालन

आजबाट क्वीक रेस्पोन्स टीम परिचालन

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ४ कार्तिक – जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वको बेला विशेष सुरक्षा योजना अन्तर्गत घटना भएको ३० सेकेन्डमा घटना स्थल पुग्ने गरी ‘क्यूआरटी’ क्वीक रेस्पोन्स टीम परिचायन गरेको छ । नेपालगन्जको धम्बोझी चोक र कोहलपुरको चौराहामा बेस बनाएर क्वीक रेस्पोन्स टीम परिचालन गरिने बाँके प्रमुख एसपी ओमबहादुर रानाले बताउनुभयो । घटना भएको थाहा पाएको ३० सेकेन्ड मै मूभ हुने गरी धम्बोझी चोकमा १२ वटा मोटरसाईकल र एउटा भ्यान स्टेण्डवाई राखिएको बताउनुभयो । प्रहरी प्रमुख एसपी रानाका अनुसार, जिल्लाभरीमा ३६ वटा मोटरसाईकल यसरी स्टेण्डवाई राखिएको छ ।‘घटना भएको थाहा पाएको ३० सेकेण्डमा मोटरसाइकल मूभ हुन्छ । प्रहरी भ्यान एक मिनेटमा मूभ हुन्छ,’ एसपी रानाले भन्नुभयो–, ‘धम्बोझीमा एउटा अर्को भ्यान पीडितको उद्दार गर्नका लागि राखिएको छ ।’ बाँके प्रहरीले चाडपर्व लक्षित विभिन्न योजनाहरु सार्वजनिक...