
नेपालगन्ज, १ कार्तिक – शनिबार कोरोना भाइरसका थप तीन हजार एक सय ६७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

शनिबार निको भएर १ हजार ८ सय जना घर फर्किए भने १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा एक लाख २९ हजार३ सय ४ जनामा कोरोना भाइरस देखिएको छ ।
यीमध्ये ८९ हजार आठ सय ४० जना निको भइसकेका हुन् । अहिलेसम्म नेपालमा कोरोनाबाट सात सय २७ को मृत्यु भइसकेको छ ।
