नेपालगन्ज, ३ कार्तिक – बाँके प्रहरीले नजिकिंदै गरेका नेपालीहरुको चाडपर्वहरु दशैं, तिहार तथा छठ पर्वहरुको अवसरमा नेपालगन्जमा रहेका धार्मिक स्थल मठमन्दिरहरुको सरसफाइ अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत आज सोमबार नेपालगन्ज २, मा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिरको परिसर वरिपरि सरसफाइ गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले आज सोमबार बिहान बागेश्वरी मन्दिर वरिपरि सरसफाइ गरेको छ ।

बाँके प्रहरीले निजिकिदै गरेका चाडपर्वलाई मध्येनजर गर्दै हुनसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्नका लागि जिल्लामा विभिन्न १४ बुँदे विशेष सुरक्षा योजनालाई पनि सँगसँगै अगाडी बढाएको छ ।
प्रहरीले सामाजिक कार्य अन्तर्गत आजबाट मठ मन्दिरहरुको सरसफाइ सुरुवात गरेको जनाएको छ ।



