Monday, June 1सत्यम खबर
Shadow

समाज

५९ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकिल वितरण

५९ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकिल वितरण

आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
डुडुवा, १ कार्तिक – स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सक्रिय बनाउन थालेको छ । समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य सेवा थप गुणस्तरण र प्रभावकारी बनाउन जिम्मेवार बनाउन थालेको हो । समुदायमा आवतजावतका लागि गाउँपालिका स्वास्थ्य शाखाले साइकिल वितरण गरेको छ । आज शनिबार एक कार्यक्रममार्फत डुडुवा गाउँपालिका वडा नंं १ देखि ६ सम्मका ५९ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साइकिल वितरण गरिएको छ । साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले निस्वार्थ भावनाले २४ सै घण्टा खटिने महिला स्वास्थ्य स्वयम्सेविकाको सेवा सुविधामा समेत बृद्धि गर्ने योजना रहेकोे भन्दै उहाँले समुदायमा स्वास्थ्य सचेतना तथा महिला स्वास्थ्यका विभिन्न समस्यालाई समाधान गर्न उनीहरुको भुमिकालाई प्रभावकारी बनाउन सेवासुविधा बृद्धि गर...
आज घटस्थापना, नौरात्रीमा पुजाआज कसरी गर्ने ?

आज घटस्थापना, नौरात्रीमा पुजाआज कसरी गर्ने ?

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – आज नेपालीहरुको महान पर्व विजयादशमीको पहिलो दिन, अर्थात घटस्थापना हो । नेपाली हिन्दू धर्मावलम्बी नेपाली नागरिकहरुले यो पर्वलाई बडादसैं (विजयादशमी)को पहिलो दिनका रुपमा महत्वका साथ मनाउँने गर्दछन् । हिन्दु परम्परा अनुसार आज नवरात्री आरम्भको पहिलो दिन हो । आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी राखिने जमरा विजया दशमीको दिन विधिपूर्वक प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।आज बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घरमा जमरा राख्ने गर्दछन् । आज जमरा राखेपछि दशैंको शुरुवात भएको मानिन्छ । तर गृहमन्त्रालयबाट जारी परिपत्र अनुसार यसपटक स्थानीय बागेश्वरी मन्दिरबाट सो जमरा राखिने नराखिने भन्ने कुरा अन्यौल रहेको पाईन्छ ।आज राखिएको जमरामा हरेक दिन (९ दिनसम्म) नवमीसम्म जलको अर्पणसहित पूजाआजा गर्ने गरिन्छ । विधिपूर्...
अपडेट : बाँकेमा थप दुुई संक्रमितको मृत्यु

अपडेट : बाँकेमा थप दुुई संक्रमितको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमणको दर दिब्र गतिले बढिरहेको छ । संक्रमणको दर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।शुक्रबार राती नेपालगन्जका दुई कोरोना संक्रमितको एकैदिन मृत्यु भएको छ । नेपालगन्ज १९ कारकाँदोका १८ बर्षिया एक युवती र नेपालगन्ज १० भृकुटीनगरका ६१ बर्षिय एक पुरुषको उपचार कै क्रममा शुक्रबार राती मृत्यु भएको छ । शुक्रवार राती उपचार कै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा नेपालगन्ज १९ कारकाँदोका १८ बर्षिया ती युवतीको मृत्यु भएको र भेरी अस्पतालमा नेपालगन्ज १० भृकुटीनगरका ६१ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज १९ कारकाँदोका १८ बर्षिया कोरोना संक्रमित ती युवतीको शुक्रवार राती ९ः३० बजे मेडिकल कलेज कोहलपुरमा ...
विश्वमा महामारी शान्तिका लागि यज्ञ

विश्वमा महामारी शान्तिका लागि यज्ञ

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – कोभिड–१९ ले आक्रान्त बन्दै गएको मुलुक र विश्वमा महामारी शान्तिका लागि शुक्रबार नेपालगन्जमा यज्ञ गरिएको छ ।गायत्री परिवार नेपालगन्जको आयोजनामा वैदिक विधि तथा विशेष किटनाशक मन्त्रहरुद्वारा सो यज्ञाहुती गरिएको हो । ब्रह्मबर्चस शोधसंस्थान, गायत्रीकुन्जद्वारा प्रस्तावित सो यज्ञ कार्यक्रममा विभिन्न क्षेत्रका गरि सयभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रविधी र विज्ञानको उच्च विकासका बाबजुद कोरोनाका कारण विश्वमा चुनौतीपूर्ण जटिल परिस्थिति सृजिएकाले एक सचेत नागरिकको युग धर्मानुसार सुरक्षा उपाय पनि अपनाउँदै वैदिक विधि र किटनाशक मन्त्रहरुले त्यसरी यज्ञ आहुती गरिएको आयोजकतर्फका डा.विजय प्रधानले बताउनु भएकोछ ।गायत्री प्रज्ञा अभियान अमिलाकुट्टी, नेपालगन्जको परिसरमा उक्त यज्ञ गरिएको थियो ।...
संघको भवन निमार्णका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन

संघको भवन निमार्णका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज ३०, असोज– अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिको भवन निमार्णका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन गरिएको छ । संघका आजिवन सदस्य तथा सल्लाहकार नेपालगन्ज–६, फुल्टेक्रा निवासी समाजसेवी माधवराम बर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नंं ४ बसपार्क नजिक उपलब्ध गराउनु भएको दुई कठ्ठा ४ धुर जग्गाको आज शुक्रबार नापी गरि चार किल्ला छुट्टाइएको छ । संघको कार्यालय लगायतका भौतिक संरचना निमार्ण गर्नका लागि जग्गादाता बर्माको संरक्षणमा रहेको श्री शिव पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिमार्फत उक्त जग्गा उपलब्ध गराइएको हो । जग्गाको नाप नक्सांकन गरि चार किल्ला छुट्टाएर पिलर गाडिएको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको नेतृत्वमा गरिएको नाप नक्सामा जग्गादाता माधवराम बर्मा, संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, महासचिव गुरुमुरत यादव, केन्द्रीय सदस्य भरतकिशोर बैश...
‘अमर प्रहरीको योगदानलाई बिर्सन नसकिने’– प्रजिअ कुरुम्बाङ्ग

‘अमर प्रहरीको योगदानलाई बिर्सन नसकिने’– प्रजिअ कुरुम्बाङ्ग

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० असोज – ‘अपेक्षा फलको छैन, सधै कर्तव्य चिन्तन, आहुति प्राणको दिने, तिमिमा अभिनन्दन’ यो नारा ६५ औ प्रहरी दिवसको हो ।शुक्रबार दिवंगत अमर प्रहरी र उनका परिवारलाई सम्झदै सम्मान अर्पण गर्दै ६५ औं प्रहरी दिवस मनाएको छ । दिंवगत अमर प्रहरीको सम्झनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा निर्माण गरिएको सहिद स्मारकको उद्घाटन समेत गरिएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले अमर प्रहरीको योगदान बिर्सन नसकिने बताउनुभयो । उहाँले प्रहरीको दिनरातको सुरक्षाले आम सर्वसाधारण चयनसँग बस्न पाईरहेको धारणा राख्नुभयो ।त्यस्तै जिल्ला प्रहरी प्रमुख बाँकेका प्रमुख ओमबहादुर रानाले सर्वसाधारणको सहयोग र समन्वयका कारण प्रहरीको काममा सफलता मिलिरहेको बताउनुभयो । साथै उहाँले अमर प्रहरीको योगदान उच्च रहेको बताउनुभयो ।दिवसका अवसरमा अमर प्रहरीको परिवारका सदस्यला...
अपटेडः डिस्चार्ज भई १७ जना घर फर्किंदै

अपटेडः डिस्चार्ज भई १७ जना घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० असोज – शुक्रबार बाँकेका १७ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमण देखिएपछि विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका ९ महिला र ८ पुरुषले कोरोनासँगको लडाई जितेका हुन । उनीहरुलाई आजै डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोलक पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । फाईल फोटो असोज १६ गते कोरोना संक्रमण देखिएपछि उनिहरुलाई जिल्लाभित्रकै विभिन्न आईसोलेशन सेन्टरमा राखिएको थियो । आज डिस्चार्ज हुनेमा १८ वर्षदेखी ५२ वर्ष उमेर समुहका रहेका छन ।आज डिस्चार्ज हुने १७ जनासँगै हालसम्म बाँकेका १९८० जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् ।...
कोरोना संक्रमित थप एकको मृत्यु

कोरोना संक्रमित थप एकको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० असोज – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ रुकुमका ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज २१ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनलाई कडा खाले कोभिड देखिएको अस्पतालले जनाएको छ ।योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि आएका १३ जनाको बाँकेमा मृत्यु भएको छ । बाँके मै कोरोनाबाट मृत्यु हुनेको संख्या भने २७ रहेको छ ।...
अपडेटः देशभर ३ हजार ७ सय ४९ कोरोना संक्रमित

अपडेटः देशभर ३ हजार ७ सय ४९ कोरोना संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
बिहीबार देशभर ३ हजार ७ सय ४९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको उनले बताए । यस दिन कोरोनाबाट ३ हजार ५ सय ६४ निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ ।पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गरिएको हो । अहिले देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन् ।बिहीबार कोरोनाले थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ ।...
आडराद्वारा ६ सय थान भिटिएम र २ सय थान थर्मोमिटर सहयोग

आडराद्वारा ६ सय थान भिटिएम र २ सय थान थर्मोमिटर सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ असोज – आडरा नेपालद्वारा ६०० थान भिटिएम र २०० थान डिजिटल थर्मोमिटर कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई हस्तान्तरण गरेको छ ।जिल्लमा भिटिएम किड्स र डिजिटल थर्मोमिटरको अभाव भइरहेको बेला आडरा नेपाल संस्थाले सो सामाग्रीहरु हस्तान्तरण गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार उक्त सामाग्रीहरुमा भिटिएम निशुल्क रुपमा पिसिआर जाँचको लागि प्रयोग गरिने र डिजिटल थर्मोमिटर आइसोलेसनमा रहेका बिरामीहरुमा ज्वरो नाप्नको लागि आइसोलेसन अस्पताल र केन्द्रमा प्रयोग गरिने जानकारी गराउनुभयो ।भिटिएम किड्स र डिजिटल थर्मोमिटर बुझ्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमबांङ्गले सहयोग गरेकोमा आडरा नेपाल परिवारलाई धन्यबाद दिनुभयो । समाजमा समस्या परेको बेला सहयोग गर्ने मनहरुलाई नमन गर्नुपर्छ भन्दै आउँदो दि...