Wednesday, May 27सत्यम खबर
Shadow

समाचारको प्रभावः गौमाताको जीवन रक्षा !

नेपालगन्ज, ३ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका बुलबुलिया गाउँ वडा नं. ३ बाट घर निकाला गरिएकी गौमाताको जीवन रक्षा विनायक एग्रीकल्चर एकेडमीका सञ्चालक सुबोध बर्मा र गुरुकुल एजुकेशन एकेडमीका प्रिन्सिपल दानबहादुर रावल लगायतको टोलीले गरेको छ ।
उक्त गौमाता वडा नं. ३ बुलबुलिया गाउँ बस्ने जाकिर खाँको रहेको थियो । गौमाता अस्वास्थ्य हुँदा उहाँले घर निकाला गरिदिएका थिए । उक्त गौमाता समशान घाट नजिक रहेको तरकारी मण्डीको उक खाल्डोमा मरासन्न हुने अवस्थामा थिईन् ।


हाल गौमाताको उपचार बुलबुलिया स्थित शिव मन्दिरमा राखी टोलीले स्याहारसुसार र उपचार गरिरहेको छ ।
दुई दिन अगाडी सत्यम खबर अनलाईनमा गौमाता जीवन रक्षा शिर्षक सम्बन्धी समाचार प्रकाशनमा आएपछि उक्त उद्दार टोलीद्वारा गौमाताको जीवन रक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *