Wednesday, May 27सत्यम खबर
Shadow

अपडेटः बाँकेका ४८ जनामा कोरोना पुष्टि

नेपालगन्ज, ४ कार्तिक, भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परिक्षणमा ठुलो संख्यामा संक्रमितहरु भेटिएका छन् ।
भेरी अस्पतालले मंगलबार बेलुका ५ बजे जारी गरेको विवरण अनुसार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा धेरै बाँकेका रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३ सय १७ जनाको स्वाव परिक्षण गर्दा बाँकेका ४८ र विभिन्न जिल्लाका २४ जनामा संक्रमण देखिएको हो ।
भेरी अस्पतालमा हालसम्म ४५ हजार ४ सय १८ जनाको कोरोना परिक्षण गरिएकोमा मंगलबार ७२ जना थपिएसँगै ३ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *