
नेपालगन्ज, ६ कार्तिक – भेरी अस्पताल नेपालगन्जमा साँझ ७ बजेसम्ममकाे रिपाेर्ट अनुसार २४ महिलासहित ६० जनामा काेराेना संक्रमण पुष्ट भएकाे छ । कोरोना परिक्षणमा बिहिबार ६० जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरीएको परिक्षणमा २४ महिला ३६ पुरूष गरि जम्मा ६० जनामा भाईरस संक्रमण देखिएको जारी नाेटमा उल्लेख गरीएको छ ।
भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ६ सय ९ जनाको नमुना परिक्षण गरीएकोमा ३ हजार ३ सय ९४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
