
नेपालगन्ज, ५ कार्तिक – बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएको यो संख्या अहिलेसम्म कै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । योसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

त्यस्तै यस अवधिमा २ हजार ९ सय ९६ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।
थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २० हजार बढीको पिसिआर परीक्षण गरिएको हो ।
