Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः कोरोना मुक्त भई १५ महिलासहित ५१ जना घर फर्किंदै

नेपालगन्ज, ६ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भएर १५ महिला र ३६ पुरुष गरी आज (बिहिबार) ५१ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज बिहिबार संक्रमण मुक्त भएका ५१ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या २ हजार २ सय ७८ पुगेको बताउनुभयो ।

फाईल फोटो


बिहिबारसम्म बाँकेका दुई हजार २ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ८०.१८ प्रतिशत रहेको छ ।
जिल्लामा कुल संक्रमितको संख्या २ हजार ८ सय ४१ पुग्दा मृत्यु हुनेको संख्या २९ रहेको छ भने ५ सय ५१ जनाको विभिन्न आईसोलेशन सेन्टरमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *