Monday, April 27सत्यम खबर
Shadow

अपटेडः कोरोना संक्रमणबाट थप एकको मृत्यु

नेपालगन्ज, ५ कार्तिक – कोरोना भाइरस संक्रमणबाट कञ्चनपुरका युवाका कोहलपुरमा मृत्यु भएको छ ।
बेलाडी–५ कञ्चनपुरका २४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।


उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाव संकलन गरिएको थियो । त्यसै दिन उनको रिपोर्ट पोजेभिट आएको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना पोजेटिभ पछि ती युवाको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि मंगलबार बेलुका साढे ७ बजे मृत्यु भएको केन्द्रले जनाएको छ ।
योसगैं उपचारका लागि बाहिरी जिल्लाबाट आएका १५ जनाको बाँकेमा मृत्यु भएको छ भने बाँकेका २९ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *