Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः आज ५२ जना कोरोना मुक्त भई घर फर्किंदै

नेपालगन्ज, ५ कार्तिक – बाँकेमा एकैदिन ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार एकै दिन ५२ जना संक्रमण मुक्त हुँदै घर फर्किदै छन् । डिस्चार्ज हुनेमा ८३ वर्षिय बृद्धदेखी ४ वर्षिय बालिका समेत रहेका छन् ।


यसअघि हिजो (मंगलबार) बाँकेमा आजसम्म कै ठुलो संख्यामा कोरोना संक्रमित थपिएका थिए ।
एकैदिन ७४ जना संक्रमित थपिदा बाँकेमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३ पुगेको छ भने आज डिस्चार्ज भएका ५२ जना सहित बाँकेमा कोरोना मुक्त हुनेको संख्या २ हजार २ सय २७ पुगेको बाँकेका कोरोना फोलक पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *