Sunday, April 26सत्यम खबर
Shadow

चालिस लाख नगदसहित ३ जना प्रहरी फन्दामा

नेपालगन्ज, १८ कार्तिक – बहुमूल्य नागमणि छ भन्दै एक करोड ८९ लाख ५० हजार ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैया ठगेका थिए । बाँके प्रहरीको टोलीले यी तीन जनालाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट चालिस लाख रुपैयासहित नियन्त्रणमा लिएको छ ।


बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुखशान्ति, सम्बृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।
यस्तो कार्य गर्नेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *