Thursday, May 28सत्यम खबर
Shadow

देशभर ३ हजार ५१ कोरोना संक्रमित थपिए

नेपालगन्ज, २० कार्तिक – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५१ जनालाई कोरोना पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या १ लाख ५ हजार ९ सय ७४ पुगेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४ हजार ४ सय ८ पुगेको छ । मन्त्रालयको अनुसार संक्रमण मुक्त हुनेको संखया ७९ दशमलभ ८ प्रतिशत रहेको छ । यस्तै आज १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।

फाईल फोटो


नेपालमा ३६ हजार ५ सय १४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित मध्ये २९ हजार ५ सय ७४ जना होम आइसोलेसनमा रहेको र १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् ।
देशभर ५ सय २ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार ७४ जना भेन्टिलेटरमा र ४ सय २८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *