Thursday, May 28सत्यम खबर
Shadow

अपडेट : बाँकेका १७ सहित ४१ मा संक्रमण पुष्टि

नेपालगन्ज, २० कार्तिक – नेपालगन्जमा रहेको भेरी अस्पतालले पछिल्लो २४ घण्टाको कोरोना रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


जसमध्ये १७ जना बाँकेका रहेका छन् भने बाँकी अन्य २४ जना बाहिरी जिल्लाका रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा १ सय ५२ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको हो ।
भेरी अस्पतालले हालसम्म ४७ हजार १ सय ८६ नमुना परीक्षण गर्दा ३ हजार ७ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जारी गरेको विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *