Sunday, April 26सत्यम खबर
Shadow

धोबी समाजको अगुवामा गयाप्रसाद धोबी चयन

नेपालगन्ज, १९ कार्तिक – बाँके जिल्लाको आर्या (धोबी) समाजको एक भेलाले आप्mनो समाज (बिरादर) को हकहितका लागी काम गर्ने एक जना अगुवा हुन जरुरी रहेकोले अगुवा (महतौ) चयन गरेका छन् ।
बाँकेको जानकी गाउँपलिका– ३ मोतीपुरका निवासी आर्या (धोबी) गयाप्रसाद धोबी (झलारी धोबी ) लाई समाजको महतौ (अगुवा) कार्तिक १५ गते शानिवारका दिन चयन गरिएको छ । यसरी गयाप्रसाद धोबीका जेठा दाजु धोबी बिरादरका अगुवा (महतौ) मा रहनु भएका बुधई धोबीको कार्तिक ५ गते ७९ वर्षको उमेरमा उनको असमयिक निधन भएको थियो ।

Exif_JPEG_420


स्वर्गीय महतौ बुधई धोबीको कार्तिक १४ गतेका दिन दशवा परेकाले अवसरमा भेला भएका धोबी बिरादरले उनको भाई गयाप्रसाद धोबी (झलारी धोबी)लाई बिरादरको साफा (पगडी) लगाई महतौमा चयन गरेका छन् ।
कार्तिक १५ गते शनिवारका दिन एक कार्यक्रमका बिच आर्या सेवा समाज बाँकेले बुुधई धोबी महतौले आफनो जीवनमा समाजलाई महतौको हैसियत पु¥याउनु भएको योगदानको कदर गर्दै उनको छोरा गुरुदीन धोेबीलाई खादा ओढाएर सम्मान गरेको थिए ।
सो अवसरमा सामूहिक रुपमा गयाप्रसाद धोबीलाई साफा (पगडी) लागाएर आर्य सेवा समाज बाँकेका अध्यक्ष पवन कुमार कानौजिया, महासचिव कौशल कुमार धोबी, कोषाध्यक्ष राजकुमार धोबी र सदस्य श्रीप्रसाद रजक लगायतले मनतब्य ब्यक्त गर्दै शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्नका लागी ईश्वरसँग प्रार्थना गरेका थिए ।

Exif_JPEG_420


यसका साथै आर्य समाज (बिरादर) का नायब बाँके धोबीका छोरा रामदीन धोबी र आफनो जँवार बाहेकका पर जवारका बाँके सिधानियाका चौधरी बाबादीन धोबी, जिल्ला बहराइच भारत सहिजना गाउँका निवासी महतौ पे्रम आर्या, भारत पटनाका कैजु महतौका छोरा हेपराम धोबी लगायतले बाधई दिएका थिए ।
आर्य (धोबी) समाज बाँकेले अब देखि बाँके र बर्दियामा रहेका सम्पूर्ण बिरादरको परिवारिक अभिलेख राख्ने र असहाय,गरिब परिवारका बालबालिकालाई शिक्षामा पहुँचका लागी जोड दिने प्रतिबद्ता ब्यक्त गरेका थिए सो अवसरमा समाजले बिरादरको कुनै किसिमको कार्यक्रम भयो भने मदिराको व्यवस्था अनिवार्य हुनु पर्ने चलन रहेको थियो भने महतौ चयनमा अबको देखि बिरादरको कुनै किसिमको कार्यक्रम भयो भने सो कार्यक्रममा मदिरा निषेध गरिएको छ बिरादरका राधेश्याम धोबीले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *