
नेपालगन्ज, २३ कार्तिक – पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय १७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार १२ हजार ३ सय ११ जनाको परीक्षण गर्दा सबैभन्दा धेरै काठमाण्डौंमा संक्रमित भेटिएका हुन् ।
काठमाण्डौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन् ।
नेपालभर अहिलेसम्म १ लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन् ।
