Tuesday, June 2सत्यम खबर
Shadow

समाज

अपडेटः १९ जना संक्रमित कोरोना मुक्त भई घर फर्किदै

अपडेटः १९ जना संक्रमित कोरोना मुक्त भई घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ मंसिर – बुधबार बाँकेका थप १९ जना संक्रमित कोरोना मुक्त भई घर फर्किने भएका छन् ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका ७ महिला र १२ पुरुष गरी १९ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन् । उनीहरुलाई कार्तिक २३ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । यो सहित बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ३ सय ९३ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा १ सय ७५ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६ सय ५ रहेको छ भने ३७ जनाको कोरोनाका कारण मृत्यु भईसकेको फोकलपर्सन श्रेष्ठले जनाउनुभयो ।...
अपडेटः कोरोनाले थप एक जना ७९ वर्षिय पुरुषको मृत्यु

अपडेटः कोरोनाले थप एक जना ७९ वर्षिय पुरुषको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ मंसिर – बुधबार बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुधबार बिहान कोहलपुरमा मृत्यु भएको छ ।घोराही उपनहानगरपालिका वडा नम्बर १७, दाङका ७९ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बुधबार बिहान २ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । कोरोनाको आशंकामा कार्तिक १९ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र २१ गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भए पश्चात उनी होम आइसोलेसनमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी नोटमा जनाइएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंसिर २ गते राती १२ः३० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल...
कोरोना संक्रमणले थप ७५ वर्षिय पुरुषको मृत्यु

कोरोना संक्रमणले थप ७५ वर्षिय पुरुषको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ मंसिर – बाँके जिल्लामा उपचारको क्रममा बाहिर जिल्लाबाट उपचारको लागि आएका घोराही उपमहानगरपालिका वडा नं. –१५, दा·का थप ७५ वर्षिया पुरुषको मृत्यु भएको छ ।दा· जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ का ७५ वर्षिय पुरुष उपचारको लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको आज मंगलबार दिउँसो १०ः२० मा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । मृतक ७५ वर्षिय पुरुष विगत लामो समयदेखि मुटुको भल्भ सम्बन्धी अपरेशन गरिएको पारिवारिक श्रोतले बताएका छन् । हाल उनको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय भईरहेको बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।यो सहित बाँके जिल्लामा बाहिर जिल्लाबाट आई भर्ना भएर उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३९ पुगेको छ ।...
नर्सले बिरामीलाई टीका लगाइदिँदा …

नर्सले बिरामीलाई टीका लगाइदिँदा …

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, २ मंसिर – बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको शैया मै टोलाएर बस्नु बाहेक अर्को विकल्प हुँदैन ।चितवन मेडिकल कलेज भरतपुरमा सोमबार फरक दृश्य देखियो । अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए । पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो। बिरामीहरू आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले । नर्सहरूले शैयामा सुतिरहेका बिरामीहरूलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो ।अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरूलाई उनीहरू कै शैयामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिए ।उनले भने, ‘हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन ...
अपडेटः २४ महिलासहित ५६ जना घर फर्कदैं

अपडेटः २४ महिलासहित ५६ जना घर फर्कदैं

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ मंसिर – आज मंगलबार २४ महिलासहित ५६ जना घर फर्किने भएका छन् । २ वर्षे बालक सहित मंगलबार बाँकेका ५६ जना कोरोना संक्रमति डिस्चार्ज हुँदैछन् । १० दिने आईसोलेशन बसाईपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि कार्तिक २२ गते आईसोलेशन (निजि तथा संस्थागत) मा भर्ना गरिएका ५६ जनामा कोरोना भाईरसको लक्षण नदेखिएपछि स्वास्थ्य मापदण्ड पुरा गर्दै डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।आज मंगलबार डिस्चार्ज भएका ५६ जनासँगै बाँकेबाट कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३ सय ७४ पुगेको छ । आजसम्म ३ हजार ६ सय १ जनाको कोरोना परीक्षण गरिएको छ भने बिरामी निको हुने दर ९३.७० रहेको छ । यसैगरी मृत्यु दर १ प्रतिशत रहेको छ भने बाँकेको रोग प्रकोप दर ०.६० रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।यो सहित बाँकेम...
अपडेटः शुक्रबार थपिए २ हजार १ सय ११ संक्रमित

अपडेटः शुक्रबार थपिए २ हजार १ सय ११ संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – शुक्रबार थप २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन् ।...
सिकाइ सहजीकरण कार्यशाला

सिकाइ सहजीकरण कार्यशाला

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २८ कार्तिक – कोभिडका कारण वैकल्पिक शिक्षाका विभिन्न माध्यम प्रयोग गर्दै आएको खजुराले विद्यार्थी सिकाइ सहजीकरण कार्यशाला आयोजना गरेको छ ।खजुरा गाउँपालिका शिक्षा शाखाको आयोजनामा प्रश्नपत्र निर्माण, गृहकार्य र कार्य सञ्चालन सम्बन्धि कार्यशाला सम्पन्न गरेको हो । यो शैक्षिक सत्रको विदा काटेर हुने १०० दिनको योजना बनाउँदै मंसिर ४ गतेसम्म प्रश्नपत्र निर्माण, १५ गतेदेखि वितरण र साप्ताहिक रूपमा अनुगमन र मूल्यांकन गरिने शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । यो शैक्षिक सत्रको चैत १५ गतेसम्म खजुरा गाउँपालिका क्षेत्रभित्रका माबी, आधारभूत र प्रावी सबै तहको परीक्षा सम्पन्न गरिने जनाएको छ ।खजुरा गाउँपालिक प्रमुख तथा शिक्षा समिति संयोजक किस्मत कुमार कक्षपतिले उदघाटन गरेको सिकाइ कार्यशालामा शिक्षा समिति सदस्य एवं ज्ञानोदय माबिका प्र अ ऋषिराम सापकोटा, मावी शिक्षक यमनारायण महतो, ...
२० रुपियाँमा खाना खुवाउने मित्र मण्डललाई उपमहानगरपालिकाको सहयोग

२० रुपियाँमा खाना खुवाउने मित्र मण्डललाई उपमहानगरपालिकाको सहयोग

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – भेरी अस्पताल नेपालगन्जमा २० रुपियाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ । मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई नगर प्रमुख डा. धवलशम्शेर राणाले सहयोगको चेक हस्तान्तरण गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाले २० रुपियाँमा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरे अनुसार शुक्रबार पहिलो पटक सहयोग हस्तान्तरण गरिएको हो ।विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत विरामी र कुरुवालाई लक्षित गरी २० रुपियाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ ।अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन बिहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । अन्य खर्च मित्र मण्ड...
एक्सन एडको म्याराथनमा साझेदारी

एक्सन एडको म्याराथनमा साझेदारी

खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – धारा छैठौ नेपालगन्ज म्याराथनमा एक्सन एड पनि जोडिएको छ । ‘बाँच्नका लागि हिडौं’ भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगन्ज म्याराथनमा साझेदारी गरेको हो । नेपालगन्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ ।नेपालगन्जलाई देश र विदेशमा चिनाउने अभियानमा गतवर्षदेखि नै धारा तेल, आशीर्वाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक जोडिरहेका छन् । छैठौ संस्करणमा एक्सन एडसमेत जोडिदा अझ खुशीको माहोल बनेको छ । एक्सन एड नेपालकी महिला अधिकार संयोजक निशा लामा कार्कीले नेपालगन्ज म्याराथनसँगको सहकार्यपछि भन्नुभयो, ‘कोरोना महामारीले मानव जीवनमा थोपरेका अनेकन चुनौतीहरुसँग जुध्ने अभियान हो, बाच्नका लागि हिंडौं । तर, यो यतिमा मात्रै सीमित छैन । न्याय, मर्यादिन जीवन, वरपरको वातावरण र भविष्यसँग पनि यो जोडिएको छ ।’उहाँले भन्नुभएको छ, ‘राष्ट्रिय तहमा यो अभियान विशेषतः महिला र बालिका व...
बजार अनूगमन, बाख्राको मासु बिक्रि गर्नेलाई जरिबाना

बजार अनूगमन, बाख्राको मासु बिक्रि गर्नेलाई जरिबाना

प्रदेश ५, समाचार, समाज
नेपालगञ्ज, २८ कार्तिक – नेपालगन्ज उप–महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नेपालगन्जमा रहेका मासु पसलको शुक्रबार अनूगमन गरेको छ । अनूगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्रि गरिरहेको पाइएको छ । यसैगरी बिना अनुमती पसल सञ्चालन गरेको पाइएको छ । अनूगमन टोलीले नेपालगन्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिबाना सहित बन्द गराएको छ । वाणिज्य कार्यालयले जरिबाना गराएको हो ।सो पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्रि गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रिका लागि राखिएको पाइएको नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पसलबाट खाना अयोग्य ३५ किलो मासुर ९ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चारवटा बाख्रा समेत टोलीले नियन्त्रणमा लिएको छ ।यसैगरी फुल्टेक्रामा रहेको आवेश दाना सप्लाय...