
नेपालगन्ज, २५ कार्तिक – आज मंगलबार १४ महिलासहित ३७ जना घर फर्किने भएका छन् । २ वर्षिय बालिका सहित मंगलबार बाँकेका ३७ जना कोरोना संक्रमति डिस्चार्ज हुँदैछन् । १० दिने आईसोलेशन बसाईपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि कार्तिक १५ गते आईसोलेशन (निजि तथा संस्थागत) मा भर्ना गरिएका ३७ जनामा कोरोना भाईरसको लक्षण नदेखिएपछि स्वास्थ्य मापदण्ड पुरा गर्दै डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
आज मंगलबार डिस्चार्ज भएका ३७ जनासँगै बाँकेबाट कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय २९ पुगेको छ ।

आजसम्म ३ हजार ४ सय ३२ जनाको कोरोना परीक्षण गरिएको छ भने बिरामी निको हुने दर ९१.१७ रहेको छ । यसैगरी मृत्यु दर १.०२ रहेको छ भने बाँकेको रोग प्रकोप दर ०.५८ रहेको फोकल पर्सन श्रेष्ठले जनाउनुभयो ।
यो सहित बाँकेमा हालसम्म कोरोना संक्रमणले ६७ जनाको मृत्यु भइसकेको छ । जसमा जिल्ला भित्रका ३५ जना रहेका छन् भने जिल्ला बाहिरका ३२ जना रहेको फोकल पर्सन श्रेष्ठले जनाउनुभयो ।
