Thursday, May 28सत्यम खबर
Shadow

उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिने

नेपालगन्ज, कार्तिक २५ – उपभोक्ता अधिकारबारे आम नागरिकलाई सचेत गर्न नेपालगन्जमा उपभोक्ता शिक्षा सञ्चालन गरिने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको अध्यक्षतामा आईतबार बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ता अधिकार बारे सर्वप्रथम उपभोक्ता लगायत सबैलाई सचेत गराउन विभिन्न प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले ब्यवसाय दर्ता र कर संकलन ब्यवस्थित गर्न सम्बद्ध कार्यालयसहितको समन्वय बैठक आयोजना गर्ने निर्णय गरेको छ ।


यसैगरी ५ लाख सम्मको लगानीमा सञ्चालन हुने उद्योग ब्यवसाय स्थानीय तहमा दर्ता हुने भएकाले निर्देशिका तथा कार्यविधि बनाइने भएको छ ।
यसैगरी अनुज्ञापत्र वितरणका सम्बन्धमा दुग्ध ब्यवसायीसँग छलफल गरिने भएको छ । नियमित बजार अनूगमन कार्यलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।
बैठकमा बाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उजिर न्यौपाने, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमारी ठकुरी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *